भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोस
२५ साउन, सुर्खेत ।
संघीयताको सीमाङ्कन गलत रहेको भन्दै शुरु भएको
विरोध प्रदर्शन उग्र बन्न पुगेपछि सुर्खेतमा प्रहरीले
हवाइ फायर गरेको छ । जिल्ला बन्द गरेर प्रदर्शनमा
उत्रिएका असन्तुष्टहरुले तोडफोड नै गर्न थालेपछि
प्रहरीले २५ राउण्ड हवाइ फायर गरेको छ ।
सुर्खेतमा रहेका प्रमुख ४ पार्टीका कार्यालय
जलाइएको छ भने स्थानीय प्रसासनले अवस्था
नियन्त्रण बाहिर जान थालेपछि सदरमुकाम विरेन्द्र
नगरमा कर्फ्यूको घोषणा समेत गरिएको छ ।
उग्र प्रदर्शनकारीले प्रहरीको गाडी जलाइदिएका
छन् भने कांग्रेस नेता पूर्णबहादुर खड्काको घरुमा पनि
ढुंगा मुढा भएको छ । जताततै आगजनी र ढुंगा मुढा
गर्दै हिँडेका प्रदर्शनकारी उग्र बन्दै गएपछि कर्फ्यूको
घोषणा गरिएको हो ।
प्रहरी र प्रर्दशनकारीबीच ढुंगा हानाहान हुँदा
सशस्त्र प्रहरीका डीएसपी नवराज देवकोटासहित
आधा दर्जन प्रहरी घाईते भएको समाचारमा उल्लेख छ
।
0 comments:
Post a Comment