भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोस
सुर्खेत, श्रावण २५ - मध्यपश्चिम टुक्रयाएर
सुदूरपश्चिममा गाभेको विरोधमा सुरु भएको सुर्खेतको
आन्दोलन भड्किएपछि प्रशासनले साँझ सम्मका लागि
कर्फ्यू लगाएको छ ।
पूर्वघोषित सुर्खेत बन्दका कारण आज विहानै देखि
बजार बन्द थियो । नेतृत्व विना भेला भएका
आन्दोलनकारीको भीडले नेपाली कांग्रेसका
सहमहामन्त्री पूर्णबहादुर खड्काको घरमा तोडफोड
गर्न थालेपछि प्रहरीले हवाई फायर गरेको थियो ।
हवाई फायर गर्दा पनि भीड नहटेपछि प्रहरीले गोली
चलाउँदा चार जना घाइते भएका छन् । अनिस पन्त
सहितका चार घाइतेलाई उपचारका लागि
नेपालगञ्ज पठाइएको छ ।
१.३० देखि ९ बजेसम्मका लागि कफ्र्यू लगाइए पनि
सुर्खेतका सडकभरी मानिस छन् । आन्दोलनकारीले
कफ्र्यूको अवज्ञा गरिरहेका छन् ।
0 comments:
Post a Comment