भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोस
सरकारले इजरायल जान मापदण्ड तय गरेको छ। श्रम
तथा रोजगार मन्त्रालयले इजरायल जानका लागि
नेपाली कामदारको मापदण्ड तय गरेको हो ।
मापदण्ड अनुसार २५ वर्ष पूरा भई ४५ वर्ष ननाघेको
महिला वा पूरुष,हाइट ५ फिट भएको, तौल ३८
केजीभन्दा माथि रहनुपर्ने उल्लेख रहेको
श्रमराज्यमन्त्री टेकबहादुर गुरुङका सल्लाहकार रमेश
कोइरालाले जानकारी दिए ।
साथै मान्यताप्राप्त संस्थाबाट ३ महिना केयर
गिभरसम्बन्धी तालिम लिनुपर्ने इन्टरमिडिएट लेवलको
अंग्रेजी भाषा जान्नुपर्ने पनि मापदण्डमा उल्लेख
रहेको मन्त्रालयका निमित्त सचिव सूर्य श्रेष्ठले
जानकारी दिए । श्रीमान, श्रीमती, छोराछोरी र
आफन्त इजरायलमा भए त्यस्तालाई नपठाउने
कोइरालाले बताए ।
मेडिकल फिट र आपराधिक गतिविधिमा सम्लग्न
नभएकाहरु पनि इजरायल जान सक्ने उनले बताए।
इजरायल जानका लागि हिब्रु भाषा आवश्यक
नभएको मन्त्री गुरुङले बताए । इपीएस मोडेलमा
दक्षिण कोरियाजस्तै इजरायलमा पनि कामदार
पठाउन लागेको उनले बताए ।
इजरायलले ५ वर्षदेखि नेपाली कामदार लैजान रोक
लगाएपनि गत शुक्रबारबाट केयर गिभरमा कामदार
लैजान सम्झौता गरेको छ । पहिलो चरणमा दसैंअघि
६० जना नेपाली महिला कामदार त्यसतर्फ उड्ने छन ।
पाइलट प्राजेक्टमा रुपमा ३ सय कामदार लैजान
इजरायल राजी भएको छ । त्यसपछि उनीहरुको काम
हेरेर थप कामदार मगाउने इजरायल सरकारको तयारी
रहेको मन्त्री गुरुङले जानकारी दिए ।
0 comments:
Post a Comment