Home » » पूर्वगृहमन्त्री खड्काको निर्देशनमा सुर्खेतमा गोली चलेको खुलासा

पूर्वगृहमन्त्री खड्काको निर्देशनमा सुर्खेतमा गोली चलेको खुलासा

भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोस

काठमाडौं, २५ श्रावन । नेपाली कांग्रेसका
सहमहामन्त्री तथा पूर्वगृहमन्त्री पूर्णबहादुर खड्काको
निर्देशनमा प्रहरीले आन्दोलनकारी माथी गोली
चलाएको खुलासा भएको छ । अखण्ड मध्यपश्चिमको
माग गर्दै आन्दोलनमा उत्रेका स्थानीयबासीलाई
खड्काको निर्देशनमा प्रहरीले गोली प्रहार गरेको
थियो । प्रहरीको गोलीबाट स्थानीय टीकाराम
गौतमको मृत्यु भएको छ भने, पाँच जना घाइते भएका छन्

शनिवारदेखि अखण्ड मध्यपश्चिमको माग गर्दै
आन्दोलनमा उत्रेका स्थानीयबासीले तीन प्रमुख
दलका पार्टी कार्यालय, जिल्ला विकास
समितिको कार्यालय तोडफोड गरेपछि
सहमहामन्त्री खड्काको धमला चोक स्थित घरमा
पुगेका थिए । खड्काको घरमा पार्किड गरि
राखिएको गाडी तोडफोड र गाई गोठमा आगजनी
गरेपछि प्रहरीसँग भिडन्त भएको थियो । प्रहरी
त्यहाँबाट आन्दोलनकारीलाई लखेट्ने क्रममा गोली
चलाएको थियो ।
खड्काको निवासमा तोडफोड हुने आशंका भएपछि
मध्यपश्चिम प्रहरी प्रमुख डीआईजी केशब अधिकारीले
सहमहामन्त्री खड्कासँग टेलिफोन संवाद गरेका थिए ।
खड्काले तोडफोडबाट घर र परिवारलाई बचाउँन
गोली हान्ने आदेश दिएका थिए । तर डीआईजी
अधिकारीलाई गृहमन्त्रालयले भने गोली नचलाउन
निर्देशन दिएको थियो ।
गृहमन्त्रालय स्रोतका अनुसार गृहले पक्राउ र लाठी
चार्चसम्मको आदेश दिएपनि गोली नै प्रहार गर्ने आदेश
दिएको थिएन । तर पूर्वगृहमन्त्री समेत रहेका खड्काको
निर्देशनमा प्रहरीले गोली चलाएको छ । सुर्खेतमा
गोली चले लगतै खड्काले प्रहरी महानीरिक्षक
उपेन्द्रकान्त अर्यालसँग भेट गरेको स्रोतले बताएको छ ।
कांग्रेस नेता तथा सभासद् हृदयराम थानीको घरमा
पनि प्रर्दशनकारीले तोडफोड गरेका छन् । कांग्रेस
सभासद्लाई आन्दोलनकारीले निशाना बनाएको
भन्दै त्यसको सुरक्षा गर्न खड्काले आइजीपी अर्यालसँग
आग्रह गरेका थिए ।

भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोस

Share this News :

0 comments:

Post a Comment

 
Support : Copyright © 2013. Aajako khabar - All Rights Reserved