Home » » 'मधेस' प्रदेशलाई चीनसँग जोडः सरिता गिरी

'मधेस' प्रदेशलाई चीनसँग जोडः सरिता गिरी

भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोस

काठमाडौं–प्रमुख चार दलले पर्सा देखि
सप्तरीसम्मको सीमाङकन गरेर निमार्ण गर्न खोजेको
प्रदेश नम्बर २ लाई उत्तर छिमेकी चीनसँग नजोडेको भन्दै
नेपाल सदभावना पार्टीकी नेतृ सरिता गिरीले
आपत्ति जनाएकी छिन् ।
सोमबार आफनो फेसबुकमा स्टाटस लेख्दै प्रदेश नम्बर २
(सम्भावित मधेस) लाई उत्तरी छिमेकी चीनसँग
नजोडेर आर्थिक रुपमा बिभेद गर्न खोजिएकोे आरोप
लगाएकी छिन् । सबै प्रदेश चीनसँग जोडिएको तर प्रदेश
नम्बर २ मा मात्रै नजोडे पछि उनको आपत्ति प्रकट
भएको हो ।
'छ मध्ये चार प्रदेशको पहुँच भारत र चीन दुवै देशको
सिमासम्म रहेको छ, लुम्बिनी पर्ने प्रदेशको चीनको
सीमासम्मको पहुँच अप्रत्यक्ष रुपमा रहने सबैले बुझेकै छन
तर मधेस प्रदेशको रुपमा कोरिएको प्रदेश नम्बर २ को
पहुँच चीनको सिमासम्म प्रत्यक्ष रुपमा छैन र अप्रत्यक्ष
रुपमा समेत रहने छैन्,' गिरीको भनाइ सार्वजनिक
भएको छ ।
यसअघि स्वायत्त मधेस प्रदेशको माग गर्ने नेतृ गिरीले
सीमाङकन टुंगिए पछि भने आर्थिक र भौतिक रुपमा
समृद्धशाली हुदैँ गएको उत्तरी छिमेकी चीनसम्म
मधेसको सम्वन्धमा जोडन आवाश्यक भएको जोड गरेकी
हुन । सो अघि उत्तर–दक्षिण सिमाङकन गर्ने प्रयास
बिरुद्ध उभिदैँ आएकी नेतृ गिरीले शनिबारबाट भने
आफनो फरक धारणा ब्यक्त गरेकी हुन ।
'नेपालको नदेखिने तर केन्द्रको प्रत्यक्ष संरक्षणमा
आदिकाल देखि चलिरहेको बैद्य–अबैद्य ब्यापार
समानान्तर अर्थतन्त्र नै यहाँको सिमित शासक र
ब्यापारी समुदायमा देखिने वैभवको आधार हो,'
गिरीले खेलेकी छिन, 'त्यस समानान्तर अर्थतन्त्र र
ब्यापार क्षेत्रलाई मधेस प्रदेशका लागि निषेधित
गरिएको र मैले यसलाई पनि आर्थिक समृद्धीको
कोणवाट ठुलो बिभेदको रुपमा लिएको छु ।'

भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोस

Share this News :

0 comments:

Post a Comment

 
Support : Copyright © 2013. Aajako khabar - All Rights Reserved