Home » , » सिन्धुपाल्चोकमा बलिउड स्टार कुनाल कपुर...

सिन्धुपाल्चोकमा बलिउड स्टार कुनाल कपुर...

भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोस

२०७२- बलिउड स्टार कुनाल कपुर सोमबार भूकम्प प्रभावित सिन्धुपाल्चोक क्षेत्र पुगेका छन् । ‘रंग दे बसन्ती’, ‘मिनाक्षी’ लगायत थुप्रै बलिउड फिल्ममा अभिनय गरेका कुनाल केयर नेपालको सहयोग कार्यक्रममा सहभागि हुन आएका हुन् । बुधबार उनी मुम्बई फर्किइसकेका छन् ।
उनले आफ्नो ट्विटर ह्यान्डलमा पनि नेपाल भ्रमणबारे बताउँदै फोटो पोस्ट गरेका छन् । सिन्धुपाल्चोकको दुवादौर पुगेका उनले जिल्लामा बालबालिकासँग खिचेको तस्बिर पनि ट्विट गरेका छन् । उनले आफ्नो सहयोग उठाउने प्लेटफर्म ‘केट्टो’ मार्फत् सहयोग उठाएको पनि केयर नेपालले जनाएको छ ।
‘नेपालका लागि मैले मात्रै होइन आलिया भट्ट, दिया मिर्जा, वरुण धवन, अनुष्का शर्माले पनि सहयोग गरेका छन्,’ कपुरलाई उद्धृत गर्दै केयरले जारी गरेको विज्ञप्तीमा जनाइएको छ ।

भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोस

Share this News :

0 comments:

Post a Comment

 
Support : Copyright © 2013. Aajako khabar - All Rights Reserved