Home » » सिंहदरबारमा ओली र प्रचण्डको गोप्य वार्ता, बाबुरामलाई भित्र छिर्न दिइएन्...

सिंहदरबारमा ओली र प्रचण्डको गोप्य वार्ता, बाबुरामलाई भित्र छिर्न दिइएन्...

भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोस

काठमाडौं, २ भदौ । संविधानका विवादित
विषयमा सहमति जुटाउन सिंहदरबारमा बसेको
उच्चस्तरीय राजनीतिक विशेष समितिको बैठकको
दौरानमा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली
र एकीकृत नेकपा माओवादीका अध्यक्ष पुष्पकमल
दाहाल प्रचण्डबीच गोप्य भेटवार्ता भएको छ ।
प्रधानमन्त्री सुशील कोइराला विहान १० बजेबाट
सुरु भएको बैठकमा २ घण्टा बसेर रामचन्द्र पौडेललाई
जिम्मा लगाउँदै बालुवाटारतिर लागे । प्रधानमन्त्री
हिँडेपछि नेकपा एमालेका अध्यक्ष ओली पनि जुरुक्क
उठे । ओलीसँगै एमाओवादी अध्यक्ष पुष्पकमल दाहाल
पनि बाहिर निस्किए ।
बाहिर निस्कनसाथ प्रचण्डले ओलीलाई भेटे । त्यसपछि
दुबै जना सिंहदरबारको एउटा कोठाभित्र पसे । सँगसँगै
उपप्रधान तथा गृहमन्त्री वामदेव गौतम पनि त्यो
कोठामा पुगे । तीनै नेताबीच घनिभुत छलफल सुरु भयो
। बाहिर सुरक्षाकर्मीलाई कडा निर्देशन दिएर
कोही नेता आएपनि भित्र छिर्न नदिन निर्देशन दिए

आफ्ना पार्टीका अध्यक्ष प्रचण्ड र एमालेका अध्यक्ष
ओली बैठकबाट हराएपछि खोज्दै खोज्दै बाबुराम पनि
त्यही कोठाको गेटमा आइपुगे । बैठक सुरु भएको करिब
आधा घण्टा भएको थियो । बाबुरामले भित्र जान
खोजे तर, भित्रको आदेश भन्दै उनलाई सुरक्षाकर्मीले
भित्र पस्न दिएनन् । बाबुरामले करिब आधा घण्टासम्म
सुरक्षाकर्मीसँग जोडबल गरे तर भित्र जान दिएनन् ।
भित्र बैठक लगभग सकिनै लागेको थियो ।
सुरक्षाकर्मीले बारम्बार बाबुराम गेटमा उभिएको
खबर भित्र पठाए पनि अनुमति नदिइँदा भित्र पस्न
पाएनन् । बैठक सकिनै लाग्दा भित्रबाट खबर आयो
बाबुरामलाई भित्र पठाइदेउ , त्यसपछि बाबुराम बल्ल
ओली र प्रचण्डको गोप्य बैठकमा छिर्न पाए ।
उसो त पछिल्लो समय एमाओवादी अध्यक्ष प्रचण्ड र
वरिष्ठ नेता भट्टराईबीच सम्बन्ध चिसिएको छ ।
शायद त्यही सम्बन्धका कारण प्रचण्डले बाबुरामलाई
भित्र पस्न रोके । बाबुरामलाई बाहिर रोकिरहँदा
एमाले उपाध्यक्ष वामदेव गौतम भने केहीबेरपछि बैठकमा
बस्न पाए । बाबुराम बैठक कोठामा पसेको १५ मिनेटमै
ओली र प्रचण्डको गोप्य बैठक सकियो ।
बैठकमा के–के विषयमा छलफल भयो ?
प्रधानमन्त्री कोइराला बैठकबाट बाहिरिएपछि
कांग्रेसलाई छाडेर बसेको बैठकमा एमाले र
एमाओवादीले मिलेर जाने समझदारी गरेका छन् ।
संविधान निर्माण प्रक्रियामा कांग्रेसलाई पेलेर
एमाले र एमाओवादी कसरी अगाडि बढ्ने विषयमा
छलफल भएको एमाले स्रोतले दैनिक नेपाललाई बतायो

उसो त पछिल्लो समय बाबुरामले पार्टीमा गुट
बनाउँदै गएपछि सशंकित बनेका प्रचण्डले एमालेसँग
कार्यगत एकता गर्ने मनस्थिति बनाएको बताइएको छ

भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोस

Share this News :

0 comments:

Post a Comment

 
Support : Copyright © 2013. Aajako khabar - All Rights Reserved