Home » » नेपाल र कोरियाबीच श्रम सम्झौता नवीकरण

नेपाल र कोरियाबीच श्रम सम्झौता नवीकरण

भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोस


भाद्र १२, २०७२- नेपाल र दक्षिण कोरियाबीच रोजगार अनुमति प्रणाली (ईपीएस) को श्रम सम्झौता नवीकरण भएको छ । श्रम तथा रोजगार राज्यमन्त्री टेकबहादुर गुरुङ र कोरियाका श्रम तथा रोजगार मन्त्रालयका भाइस मिनिस्टर खो योङ सुनले दुई वर्षका लागि दुईपक्षीय सम्झौता शुक्रबार नवीकरणमा हस्ताक्षर गरेका हुन् ।
हस्ताक्षरका क्रममा मन्त्री गुरुङले नेपाली कामदारको कोटा बढाउन अनुरोध गर्नुका साथै नेपाली कामदारको बारेमा निःशुल्क हवाई टिकट माग गरेका छन् । उनले अदक्ष कामदार मात्र होइन इन्जिनियर, नर्स आदि दक्ष कामदारलाई रोजगार दिन प्रस्ताव गरेका थिए । त्यस्तै मन्त्री गुरुङले ईपीएस आवेदन गर्ने उमेर हद वृद्धि १९ वर्षदेखि ४५ वर्षसम्म बनाउन प्रस्ताव गरेका थिए । उनले कामदारको परिवारलाई बेलाबेला भ्रमण गराउन पाउने प्रावधान र खाडी क्षेत्रमा कन्स्ट्रक्सनमा कामको अनुभव भएका कामदारहरूलाई कोरियामा रोजगार दिन प्रस्ताव गरेका छन् ।
नेपालका तर्फबाट राखिएका प्रस्तावहरू कोरियाली पक्षले सकारात्मक रहेको छ । निःशुल्क हवाई टिकटबारे जवाफ दिंंदै मिनिस्टर सुुनले निःशुुल्क टिकट १५ देशका कामदारलाई नै दिनुपर्ने भएकाले समस्या हुने जानकारी गराएका थिए । जवाफमा मन्त्री गुरुङले सुरुमा हवाई टिकट रोजगारदाता उपलब्ध गराएर पछि कामदारको तलबबाट कट्टा गर्ने प्रस्तावलाई सुुनले सकारात्मक लिएका थिए । मिनिस्टर सुुनले अहिले कम्स्ट्रक्सन क्षेत्रमा कोरियन चाइनिज र कोरियन मजदुरहरू कार्यरत भए पनि दक्ष नेपाली कामदारलाई लिन सकिने बताए ।
शनिबार सोलस्थित नेपाली दूूतावासमा भएको अन्तरक्रिया कार्यक्रममा मन्त्री गुरुङले छिट्टै श्रम बैंक स्थापना हुने बताए । श्रम बैंक स्थापना भएपछि हुुन्डी करोबार कम हुुने जनाउँदै नेपालबाट कोरिया आउँदै सो बैंकमा खाता अनिवार्य खोल्नुुपर्ने प्रावधान बनाइने जानकारी दिए ।

भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोस

Share this News :

0 comments:

Post a Comment

 
Support : Copyright © 2013. Aajako khabar - All Rights Reserved