भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोस
२ भदौ, काठमाडौं । सीमांकनको विरोधमा
आन्दोलरत मधेस केन्द्रीप्त दलहरुको संयुक्त
लोकतान्त्रिक मधेसी मोर्चाले बुधबार विवादास्पद
निर्णय गरेको छ ।
मधेसी मोर्चाको बुधबार बसेको बैठकले गठवन्धनले
आहृवान गरेको बन्दका क्रममा आन्दोलनका क्रममा
कसैले ज्यान गुमाए प्रदेशिक सरकार बनेपछि पीडित
परिवारलाई ५० लाख रुपैयाँ दिने निर्णय गरेको छ ।
साथै उसले मृतकको परिवारका एक सदस्यलाई
रोजगारी र निःशल्क शिक्षा दिने मोर्चाले
बताएको छ ।
मोर्चाका शीर्ष नेताहरुद्धारा जारी विज्ञप्तिमा
भनिएको छ-‘थरुहट/मधेश लगायत यस गठबन्धनमा आवद्ध
रहेका घटकहरुको आव्हानमा आन्दोलनमा ज्यान
गुमाउने शहिद परिवारहरुलाई आन्दोलनवाट बन्ने
प्रादेशिक सरकारले शहिद परिवारलाई पचास लाख
आर्थिक सहयोग उपलब्ध गराउनका साथै शहिद
परिवारलाई निशुल्क शिक्षा र रोजगारीको
जिम्मेवारी प्रायदेशिक सरकारले वहन गर्ने छ भन्ने
प्रतिबद्धता सहितको निर्णय गरिएको छ ।’
तराई मधेस सद्भावना पार्टीका वरिष्ठ नेता रामनरेश
यादवले यो आफूहरुको प्रतिवद्धता भएको बताए ।
मानिसलाई आन्दोलनमा आऊ, मर, पैसा दिन्छौं
भनेको हो अनलाइनखबरको प्रश्नमा यादवले
भने-‘हामी आन्दोलनमा छौं । भोलि संघीय प्रदेश
बनेपछि त्यसका लागि ज्यान दिनेको परिवारलाई
उचित सम्मान गर्नु त्यो सरकारको कर्तव्य हुन्छ ।’ उनले
अघि भने-‘अहिले पनि सरकारले १० लाख दिने गरेको छ
। हामीले भोलि प्रदेशिक सरकार बनेपछि दिन्छौं
भनेर प्रतिवद्धता जनाएका हौं ।’
0 comments:
Post a Comment