Home » » मसीबिनै तुरुन्त फोटो प्रिन्ट गर्ने क्यामेरा, मूल्य ९९ डलर

मसीबिनै तुरुन्त फोटो प्रिन्ट गर्ने क्यामेरा, मूल्य ९९ डलर

भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोस


बर्लिन । कुनै मसीबेगर ठाउँको ठाउँ फोटो प्रिन्ट गर्ने
पोलारोइडको नयाँ स्न्याप क्यामेरा अहिले हटकेक
जस्तै बनेको छ । जबकि यो बजारमा आइसकेको पनि
छैन् ।
बर्लिनमा आयोजित विद्युतिय उपकरणहरुको मेला
आइएफए कन्फ्रेन्सका क्रममा ९९ डलर मूल्यको १०
मेगापि्रक्सेलको स्न्याप क्यामेरा प्रदर्शनमा
राखिएको थियो ।
यदि यसको गुणस्तर पोलारोइड जिप इन्सटान्ट
फोटो प्रिन्टरको जत्तिकै हो भने कम्पनीले ठूलै
हंगामा मच्चाउने लक्षण छ ।
पोलारोइडले यसअघि पनि इन्स्टान्ट क्यामेराहरु
रिलिज गरेको छ जसले कम्पनीको मसीरहित जिंक पेपु
प्रविधि प्रयोग गर्छन् । तर तिनीरु ठूला र महंगा छन् ।
साथै तस्बिरको गुणस्तर पनि गतिलो नभएपछि खासै
सफल हुन सकेनन् ।
प्लास्टिकको स्न्याप क्यामेरा पूर्णरुपमा खेलौना
जस्तो चिटिक्कको देखिन्छ, जसले गर्दा पनि यसको
लोकपि्रयता बढ्ने देखिन्छ । यो क्यामेरा आकारमा
पहिलेको ७२३०० भन्दा अलिकति सानो छ । अन्य
विशेषताहरु जिप इन्सटान्ट फोटोपि्रन्टरको जस्तै छन्

आइएफएमा राखिएको क्यामेराको मोडल
निर्माणाधिन अवस्थामै भएकाले त्यसको गुणस्तरबारे
यकिन गर्न सकिएको छैन् ।
यस क्यामराको दाहिनेतिरबाट २ बाई ३ को फोटो
निस्किन्छ भने देबे्र तिर क्यामराको ब्याट्री चार्ज
गर्न माइक्रो यूएबि पोर्ट र फोटो संग्रह गर्न माइक्रो
एसडी कार्ड रहेको छ । यसमा आन्तरिक स्टोरेज छैन् ।
यसलाई टर्न अन र टर्न अफ गर्न भ्युफाइन्डरमा थिच्नुपर्छ
जुन क्यामेराको माथिल्लो भागमा छ । यो
क्यामरालाई यस वर्षको अन्त्यसम्मका बजारमा
ल्याउने कम्पनीको योजना छ । -मासाबेल डटकमबाट

भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोस

Share this News :

0 comments:

Post a Comment

 
Support : Copyright © 2013. Aajako khabar - All Rights Reserved