भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोस
कार्यतालिका संविधानसभा अध्यक्षलाई बुझाइयो
दैनिक नेपाल २०७२ भदौ २१ गते १६:३६
काठमाडौं, २१ भदौ । राष्ट्रपति रामवरण यादवले
आगामी असोज पहिलो साता विशेष समारोहमा
नयाँ संविधान जारी भएको घोषणा गर्नुहुने भएको छ
।
संविधानसभा सचिवालयले सार्वजनिक गरेको
कार्यतालिका अनुसार असोज ४ गते विशेष
समारोहमार्फत् राष्ट्रपति यादवले संविधान घोषणा
गर्नुहुने भएको हो । उक्त आन्तरिक कार्यतालिकालाई
कार्यान्वयनका लागि सचिवालयले सभाध्यक्ष
सुवास नेम्वाङको जिम्मा लगाएको छ ।
सचिवालयद्धारा प्रस्तावित कार्यतालिकामा
मंगलवार बैठक सुरु भएपछि संविधान जारी नभएसम्म
निरन्तर चल्ने व्यवस्था गरिएको स्रोतले जनाएको छ ।
संशोधन प्रस्ताव पेस गर्ने अवधि समाप्त भएकाले
मंगलबार विहान बस्ने संविधानसभा बैठक संविधानको
विधेयकलाई संविधानमा बदल्ने काममा केन्द्रित हुने
बताइएको छ ।
एक सातासम्म दफावार छलफल गरी मस्यौदा
समितिका सभापति कृष्णप्रसाद सिटौलाले जवाफ
दिनुहुने संविधानसभा सचिवालयका एक अधिकारीले
जानकारी दिनुभयो । सिटौलाको जवाफपछि
संशोधन प्रस्ताव फिर्ता नभएको खण्डमा
मतदानमार्फत टुंगो लगाउने प्रक्रिया अवलम्वन गरिने
छ ।
स्रोतका अनुसार त्यसपछि संविधानको धाराहरू
ध्वनि मतका आधारमा पारित गरिने छ । तर ६१
सभासद्ले लिखित मत माग गरे सभाध्यक्षले लबी
विभाजन गरेर मतदान गराउनुपर्ने प्रावधान छ ।
विभिन्न दलहरुको विरोध र आन्दोलनकाबीच
सचिवालयले सोमबार कार्यतालिका तयार पारेर
संविधान जारी हुने मिति घोषणा गरी सभामुख
नेम्वाङलाई बुझाएको हो ।
0 comments:
Post a Comment