Home » » क्याम्पस हाताभित्रै विद्यार्थीको शव भेटियो

क्याम्पस हाताभित्रै विद्यार्थीको शव भेटियो

भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोस


तनहुँ, २१ भदौ-
तनहुँको व्यास नगरपालिका विज्ञानटार
स्थित आदिकवि भानुभक्त क्याम्पसको
हाताभित्रै एक विद्यार्थीको शव भेटिएको छ
। सोमबार दिउँसो क्याम्पस परिसरमै मानहुँ घर
भई व्यास १ भादगाउँ बस्दै आएका १६ बर्षीय
पूर्णबहादुर आलेको शव भेटिएको हो ।
उनी दमौलीको महर्षि सँस्कृत विद्यालयमा
कक्षा १० मा अध्यनरत थिए । गत शनिबार
बिहान देखि बेपत्ता भएका आलेको शव सलले
रुखमा झुण्ड्याईएको अवस्थामा भेटिएको
प्रहरीले जनाएको छ ।
मृतक आलेका आफन्तले आलेले आत्महत्या गरेको नभई
अरु कसैले मारेर रुखमा झुण्ड्याएको हुनसक्ने भन्दै
घटनाको सत्यतथ्य पत्ता लगाई दोषीलाई
कार्वाही गर्न प्रहरीलाई आग्रह गरेका छन् ।

भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोस

Share this News :

0 comments:

Post a Comment

 
Support : Copyright © 2013. Aajako khabar - All Rights Reserved