भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोस
हेटौंडा : एक वर्षअघि रौतहटको
चन्द्रनिगाहापुरस्थित एसबीआई बैंकबाट २० लाख
रुपैयाँ लुटेर फरार मकवानपुरको हाँडीखोला
गाविस–४ का कौशल भन्ने सन्तकुमार थिङ पक्राउ
परेका छन् ।
२०७१ मंसिर २ गते चन्द्रनिगाहपुरस्थित एसबीआई
बैंकबाट २० लाख रुपैयाँ निकालेर आईडी बैंकले लैजान
लागेको अवस्थामा हतियारधारी समूहले लुटेको
थियो ।
चन्द्रनिगाहापुरस्थित एसबीआई बैंकबाट ईन्फास्ट्रक्चर
डेभलपमेन्ट बैंक लिमिटेडका वरिष्ठ सहायक उज्ज्वल
रिजालले २० लाख रुपैयाँ नगद झिकेर लैजाने क्रममा
थिङले गोली प्रहार गरी लुटेका थिए ।
रिजालले आईडी बैंकका सुरक्षा गार्ड तेजबहादुर
कार्कीलाई झोलामा नगद बोकाएर बैंकबाट निस्कन
लागेको अवस्थामा उनीहरुमाथि गोली प्रहार
भएको थियो ।
थिङलाई जिल्ला प्रहरी कार्यालय मकवानपुरले
शनिबार बसामाडीबाट पक्राउ गरेको मकवानपुरका
प्रहरी प्रबक्ता डीएस्पी शिशु शर्माले जानकारी
दिएका छन् ।
मकवानपुर प्रहरीले आवश्यक अनुसन्धानका लागि
थिङलाई आइतबार ईलाका प्रहरी कार्यालय
चन्द्रनिगाहापुर पठाइएको प्रवक्ता शर्माले बताए ।
0 comments:
Post a Comment