Home » » गच्छदारसँगै अन्य २ थारु पार्टी पनि संविधानसभा छोड्ने तयारीमा

गच्छदारसँगै अन्य २ थारु पार्टी पनि संविधानसभा छोड्ने तयारीमा

भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोस

काठमाडौँ, भदौ २० । विभिन्न मुद्धामा मत
बाझिएको भन्दै चार दलको गठबन्धन भित्र आउँदै
बाहिरिँदै गरेका फोरम लोकतान्त्रिकका
अध्यक्ष विजय गच्छदार अन्नत संविधानसभाबाट
नै बाहिरिने निर्णयमा पुगेका छन् ।
गच्छादारसँगै संविधानसभाबाट अन्य दुई साना
पार्टी पनि बाहिरिने भएका छन् । थरुहट तराई
पार्टी र रुक्मिणी चौधरी नेतृत्वको संघीय
लोकतान्त्रिक राष्ट्रिय मञ्च थारुवानले पनि
संविधानसभाबाट बाहिरिने तयारी गरेका
छन् । थरुहट तराई पार्टीका दुई सभासद छन् ।
थरुहट तराई पार्टीका वरिष्ठ नेता एवं सभासद
गोपाल दहितले आफूहरुका लागि
संविधानसभाको सबै ढोका बन्द भएको
प्रतिक्रिया दिए । चार दलीय गठबन्धनबाट
बाहिरिनु पुर्व नै गच्छदारले शरतसिंह भण्डारी,
र राजकिशोर यादवसँग मिलेर अर्कौ मोर्चा
बनाइसको छन् ।
थारु सभासदहरुले शीर्ष दलले शनिबार साँझ
गरेको थारुहरुको मागबारे आयोगले टुंगो लगाउने
सहमति आफूहरुलाई मान्य नहुने भएकाले
संविधानसभामा बसिरहनुको कुनै आचित्य
नरहेको प्रतिक्रिया दिएका छन् ।

भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोस

Share this News :

0 comments:

Post a Comment

 
Support : Copyright © 2013. Aajako khabar - All Rights Reserved