भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोस
हिन्दुवादी संगठन शिवसेनाले हिन्दु धर्मावलम्बीको
संख्या बढाउनका लागि अनौठो र विवादित अफर
घोषणा गरेको छ ।
यो भारतको खबर हो । भारतको कट्टर हिन्दुवादी
संगठन शिवसेनाको आगरा इकाइले पाँचवटा बच्चा
जन्माएका परिवारलाई २ लाख भारु पुरस्कार दिने
घोषणा गरेको हो ।
शिवसेनाका स्थानीय नेताका अनुसार हालैको
जनगणनाले हिन्दुहरुको जनसंख्यामा गिरावट आएको
देखाएकाले सोही चिन्ताका कारण धेरै बच्चा
जन्माउने हिँदु परिवारलाई पुरस्कार दिने प्रणाली
उनको संगठनले सुरु गरेको हो ।
उनका अनुसार सन् २०१० देखि २०१५ को बीचमा जुन
हिन्दु दम्पतीले ५ वटा बच्चा जन्माएका छन्
उनीहरुलाई २ लाख भारु इनाम दिइनेछ । पाँचवटा
बच्चा जन्माएका अभिभावकहरुले नगरपालिकाले
जारी गरेको आफ्ना सन्तानको प्रमाणपत्र पेश
गर्नुपर्नेछ ।
साथै शिवसेनाले मुस्लिमको जनसंख्या वृद्धिदर निकै
उच्च रहेको प्रति चिन्ता व्यक्त गर्दै हिन्दु र मुस्लिम
सबैलाई समान नागरिक संहिता लागू गर्न माग गरेको
छ । यदि यसो गरिएमा मुस्लिमलाई पनि बहु विवाह
गर्नमा रोक लाग्ने र त्यसबाट मुस्लिमको जनसंख्या
वृद्धिदरमा केही कमी आउने आँकलन शिव सेनाको छ ।
0 comments:
Post a Comment