Home » » राजधानीमा केपी ओली र प्रचण्डबीच गोप्य भेटवार्ता, के- के विषयमा भयो समझदारी ?

राजधानीमा केपी ओली र प्रचण्डबीच गोप्य भेटवार्ता, के- के विषयमा भयो समझदारी ?

भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोस

काठमाडौं, १६ भदौ । सत्ता साझेदार दल नेकपा
एमालेका अध्यक्ष केपी शर्मा ओली र एकीकृत नेकपा
माओवादीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच
गोप्य भेटवार्ता भएको छ ।
पत्रकारहरुलाई जानकारी नदिएरै बुधबार
राजधानीको एक गोप्य स्थानमा ओली र प्रचण्डबीच
भेटवार्ता भएको स्रोतले जनाएको छ । भेटवार्तामा
ओली र प्रचण्डबीच संविधान निर्माण प्रक्रिया,
मधेस आनदोलन, थारु, आदिवासी जनजातीको
आन्दोलनलाई कसरी सम्बोधन गर्ने विषयमा छलफल
भएको बताइएको छ ।
स्रोतका अनुसार असन्तुष्ट आन्दोलनरत पक्षका माग
सम्बोधन गर्दै संविधान निर्माण प्रक्रियालाई टुङ्गो
लगाएर देशलाई अगाडि बढाउने विषयमा एमाले र
एमाओवादीबीच समझादारी समेत भएको छ ।
‘संविधान निर्माण प्रक्रिया, देशभरी भइरहेका
आन्दोलन र निकासका बारेमा गम्भीर छलफल भएको
छ,’ स्रोतले भन्यो-‘अब एमाले र माओवादी मिलेर
जाने समझदारी भएको छ ।’
गोप्य भेटवार्तामा एमाले अध्यक्ष ओली,
एमाओवादी अध्यक्ष प्रचण्ड, एमाओवादी उपाध्यक्ष
नारायणकाजी श्रेष्ठ लगायत दोस्रो तहका केही
सिमित नेताहरुको मात्रै सहभागिता थियो ।

भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोस

Share this News :

0 comments:

Post a Comment

 
Support : Copyright © 2013. Aajako khabar - All Rights Reserved