Home » » असहमति हुँदाहुँदै पनि संविधान निर्माणमा सहयोग रहन्छ : अध्यक्ष दाहाल

असहमति हुँदाहुँदै पनि संविधान निर्माणमा सहयोग रहन्छ : अध्यक्ष दाहाल

भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोस


काठमाडौं, १९ भदौ । प्रमुख विपक्षी दल एकीकृत
माओवादीका अध्यक्ष पुष्पकमल दाहालले संविधान
निर्माणको प्रक्रियामा फरकमत हुँदाहुँदै पनि
संविधान निर्माणको प्रक्रियामा सहयोग गरेको
बताउनुभएको छ ।
सिंहदरबारमा शनिबार राति पत्रकारसँग कुरा गर्दै
अध्यक्ष दाहालले प्रमुख तीन दल मिलेर संविधानको
विधेयकमा संशोधन प्रस्ताव दर्ता गरिएको
बताउनुभयो । उहाँले तीन दलले पेश गरेको संविधानको
प्रस्तावअनुसार संविधान निर्माण गरिने बताउनुभयो

अध्यक्ष दाहालले थारु, मधेशी, मगरलगायतका मागका
विषयमा एमाओवादी पहिलादेखि उठाउँदै आएका
विषयमा आफूहरूको फरक मत रहेको बताउनुभयो । उहाँले
भन्नुभयो, ‘फरकमत दर्ता गराउँछौँ । तर संविधान
निमार्णको विषयमा भने हाम्रो सहयोग रहन्छ ।’
उहाँले संविधान निर्माणको स्वामित्व लिएर
संविधान निर्माणको कार्यलाई अगाडि बढाउने
बताउनुभयो । दाहालले संसारमा संविधान निर्माण
सरल रुपमा नभएको भन्दै सानातिन विषयको सामना
गर्नुपर्ने बताउनुभयो ।
उहाँले यस्तो बेला विभिन्न समूहले अधिकारका
लागि दवाव दिनु जायज रहेको उल्लेख गर्नुभयो ।

भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोस

Share this News :

0 comments:

Post a Comment

 
Support : Copyright © 2013. Aajako khabar - All Rights Reserved