भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोस
तनहुँ, २२ भदौ । तनहुँको व्यासनगरपालिका–१०
स्थित महर्षि वेदव्यास संस्कृत माध्यमिक
विद्यालयमा कक्षा १० मा अध्ययनरत एक
विद्यार्थी सोमबार मृत अवस्थामा फेला
परेका छन् ।
व्यासनगरपालिका–७ घर भई हाल व्यास–१
भादगाउँ दिदीको घरमा बसेर अध्ययन गर्दै
आएका पूर्णबहादुर राना मृत अवस्थामा फेला
परेका हुन् ।
व्यासनगरपालिका–१ स्थित आदिकवि
भानुभक्त बहुमुखी क्याम्पस परिसर नजिक राना
सोमबार मृत अवस्थामा फेला परेको जिल्ला
प्रहरी कार्यालय तनहुँले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी
निरीक्षक प्रेमशङ्कर चौधरीले शव दुर्गन्ध
अवस्थामा भेटिएको जानकारी दिँदै
घटनाबारे अनुसन्धान जारी रहेको बताउनुभयो
।
मृतक राना झुन्डिएको अवस्थामा भेटिए पनि
हातखुट्टामा गहिरो चोट लाग्नुका साथै
लिङ्गसमेत काटिएको अवस्थामा भेटिनुले
शङ्का उत्पन्न भएको पीडित पक्षले जनाएका छन
0 comments:
Post a Comment