भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोस
काठमाडौं, २२ भदौ । संविधानसभाको
सबैभन्दा ठूलो दल कांग्रेसभित्र नयाँ
संविधानको विधेयकमा पार्टीका तीन शीर्ष
नेताबाहेक सबैजसो असन्तुष्ट देखिएका छन् ।
सुशील कोइराला, वरिष्ठ नेता शेरबहादुर देउवा
र उपसभापति रामचन्द्र पौडेलबाहेक सबैजसो
नेताहरूले संविधानका कुनै न कुनै धारामा
विमति राख्दै संशोधनको आग्रह गरेका छन् ।
नेतात्रयको संविधान विधेयकको एकोहोरो
ढिपीलाई महामन्त्री कृष्णप्रसाद सिटौलाले
भने साथ दिएका छन् । नेतात्रय र
सिटौलाबाहेक केन्द्रीय समितिमा अरूको
फरकमत देखिएको समाचार अन्नपूर्ण पोष्ट
दैनिकले छापेको छ ।
कतिपयले आफ्ना विमतिहरू पार्टीभित्र पेस
गरेका छन् भने कतिपयले संविधानसभामै संशोधन
प्रस्तावका रूपमा दर्ता गराएका छन्।
सरकारको नेतृत्व गरेको पार्टीभित्र नयाँ
संविधानको विधेयकमा देखिएको यति धेरै
विमतिलाई सम्बोधन गर्ने विषयमा तीनै नेता
मौन छन्।
पार्टीभित्रका जनजाति, थारू, दलित र मधेसी
सभासद्को संविधानसभामा पेस भएको विधेयक
र कांग्रेस, एमाले र एमाओवादीले पेस गरेको
साझा संशोधन प्रस्तावमा असहमति छ ।
जनजाति र दलितले आफ्ना असहमतिलाई
संशोधन प्रस्ताव दर्ता गरेरै रेकर्ड गराएका छन्।
0 comments:
Post a Comment