Home » » महतोले संविधान सभा छाडेको थाहा छैन: उपेन्द्र यादव

महतोले संविधान सभा छाडेको थाहा छैन: उपेन्द्र यादव

भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोस


संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र
यादवले राजेन्द्र महतोले संविधान सभा छोडेकोबार
आफू जानकार नरहेको बताएका छन्।
आइबार वीरगञ्जमा पत्रकार सम्मेलनमा उनले सभामुख
सुवास नेम्वाङलाई सोध्दा समेत राजीनामा नआएको
जानकारी दिएको बताए।
उनले आयोगबाट सिमांकनको विवाद मिलाउने तीन
दलको निर्णय असवैंधानिक भएको धारणा राखे।
काँग्रेस,एमाले र माओवादीको कारण मधेसमा यो
अवस्था सृजना भएको बताउँदै उनले भने, 'आयोगको
कुरा असंवैधानिक हो, हामी यसलाई कदापी
मान्दैनौँ।' अध्यक्ष यादवले तीन दलका केही नेताहरुले
आफ्नो स्वार्थपुर्तिका लागी संविधानसभाको
गरिमालाई समाप्त गरेर जबर्जस्ति संविधान लाद्न
खोजेको कारण मुलुकमा द्वन्द्व बढेको बताए।
मधेसमा देखिएको समस्यालाई राजनैतिक रुपमा
समाधान गर्नुभन्दा पनि सेना र सशस्त्र लगाउनु
सरकारको दमनकारी गैरलोकतान्त्रिक चरित्रको
बताउँदै अध्यक्ष यादवले भने,'आन्दोलनले राणा र
राजाहरुलाई समाप्त गरेको छ। अब श्री३हरु पनि
समाप्त हुन्छन्।' उनले आफनो पार्टीको आन्दोलन
संविधानसभा र सडक दुबै मोर्चामा चलिरहने बताए।
आन्दोलनको स्वरुपबारे मोर्चामा छलफल भइरहेको
बताउदै अब नयाँ स्वरुपमा आन्दोलन गरिने अध्यक्ष
यादवले पत्रकार सम्मेलनमा बताएका थिए। संघीय
समाजवादी फोरम नेपाल पर्साका जिल्ला अध्यक्ष
प्रदिप यादवको अध्यक्षतामा सम्मपन्न भएको पत्रकार
सम्मेलनमा उपाध्यक्ष लालबाबु राउत गदि,पुर्वमन्त्री
करिमा बेगम र केन्द्रिय सदस्य वीरेन्द्र यादवको
उपस्थिती रहेको थियो।

भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोस

Share this News :

1 comment:

  1. तिमि आफ्नो स्वार्थका लागी बोल्दै छौ । तिमि पनि माओवादीका अपभ्रंश हौ ।।

    ReplyDelete

 
Support : Copyright © 2013. Aajako khabar - All Rights Reserved