भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोस
काठमाडौं । नेपाल आयल निगमले चीनबाट
पेट्रोलियम पदार्थ ल्याउन कूटनीतिक पहल गर्न
तालुकदार वाणिज्य तथा आपूर्ति मन्त्रालयलाई
लिखित अनुरोध गरेको छ। निगमले चीनबाट दैनिक ६
लाख लिटर डिजेल, ३ लाख लिटर पेट्रोल, ‘लाख लिटर
मट्टीतेल र ४ सय टन ग्यास आपूर्ति गर्ने वातावरण
मिलाइदिन वाणिज्य मन्त्रालयलाई शुक्रबारै
मन्त्रालयलाई पत्राचार गरेको खुलेको हो।
निगमस्रोतका अनुसार काठमाडौंमा सामान्य दिन
दैनिक ४ लाख ५० हजार लिटर डिजेल र ३ लाख ५०
हजार लिटर पेट्रोल आवश्यक पर्छ। मासिक १८ हजार
टन ग्यासले नेपालीको माग सम्बोधन गर्दै आएको छ।
निगम मासिक १२ हजार टन ग्यास ल्याउने गरी अघि
बढेको हो।
सरकारबाट उल्लिखित परिमाणमा पेट्रोलियम
पदार्थ चीनबाट नेपाल भिœयाउन कूटनीतिक पहल
भए निगमले दैनिक माग पूरा गरी स्टकसमेत राख्न सक्ने र
तत्काल समस्या समाधान हुने निगम उच्चस्रोतको
भनाइ छ।
भारतको सीमा नाकाबन्दीले पेट्रोलियम आयात
ठप्प भएपछि निगमले विकल्पका रुपमा चीन रोज्दै पत्र
पठाएको हो । ‘सरकारी स्तरमा पहल नगरी चीनबाट
पेट्रोलियम पदार्थ ल्याउन सकिन्न,’ निगम
उच्चस्रोतले नागरिकसँग भन्यो, ‘पहिले सरकारले चीन
सरकारसँग कूटनीतिक माध्यमबाट कुरा गर्नु जरुरी छ,
त्यसपछि चीनबाट तत्काल आपूर्ति गर्छाै ।’
निगमले मन्त्रालयलाई लेखेको पत्रमा आयात गर्ने
पेट्रोलियम पदार्थको परिमाण पनि उल्लेख गरेको छ।
‘सरकारको पहलबिना चीनबाट पेट्रोलियम ल्याउने
सम्भावना हुँदैन,’ स्रोतले भन्यो, ‘निगमले निकालेको
सूचनामा टेन्डर प्रस्ताव हाल्ने अधिकांशले चीनबाटै
ल्याउने आशय देखाएका छन्, यसका लागि पनि
सरकारी पहल आवश्यक छ।’
वाणिज्य मन्त्रालयले उक्त पत्र दुई दिनअघि तत्काल
कूटनीतिक पहल गर्न आग्रह गर्दै परराष्ट्र मन्त्रालय
पठाएको छ । केही दिनअघि मन्त्रिपरिषद बैठकले
पेट्रोलियम आपूर्तिको वैकल्पिक व्यवस्था गर्न
निगमलाई अह्राएको थियो। सोहीअनुसार निगमले
चीनबाट ल्याउने विषयमा अध्ययन गरी कूटनीतिक
पहल गर्न अनुरोध गरेको स्रोतको भनाइ छ।
निगमले भने कूटनीतिक पहलका लागि वाणिज्यलाई
पत्र काटेको चार दिन भइसक्दा पनि मन्त्रालयबाट
कुनै प्रतिक्रया नआएको जनाएको छ। सरकारी तवरमा
सम्झौता भएपछि मात्रै चीनसँग ‘बिजनेस टु
बिजनेस’ (बिटुबी) सम्झौता हुने र त्यसपछि मात्रै
पेट्रोलियम ल्याउन सकिने निगमको भनाइ छ।
भारतले बिनाकारण पटक–पटक नेपाललाई इन्धन
आपूर्ति रोक्न थालेपछि निगमले भारतको विकल्प
चीन रोजेको हो। यसका लागि परराष्ट्र मन्त्रालयले
पहल थाल्नुपर्ने वाणिज्य मन्त्रालयको धारणा छ।
निगमले गत बिहीबार आह्वान गरेको ग्लोबल टेन्डर
प्रक्रिया छनोट क्रममै रहेको जनाएको छ। प्राप्त २०
आशयपत्रमध्ये मंगलबारसम्म चार वटामा छलफल
भइसकेको निगमको भनाइ छ। आगामी दुई दिनभित्र
सबै छनोट प्रक्रिया सकेर बोर्ड बैठकमा लैजाने तयारी
निगम व्यवस्थापनको छ । नागरिक दैनिकमा समाचार
छ ।
0 comments:
Post a Comment