भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोस
आश्विन २६, २०७२- भारतीय
सीमा सुरक्षा बल (एसएसबी)
लाई कुटपीट आरोपमा भजनीत्रिशक्ति
नगरपालिका–७ गोदामटोलका २०
वर्षीय गोविन्द कडायतलाई प्रहरीले
हिरासतमा लिएको छ ।
भारतबाट करिब ५० लिटर डिजल ल्याउँदै
गरेका उनलाई भारतीय एसएसबीले
उनलाई ‘डिजल दिने मान्छे कोहो
चिना’ भन्दै भारतमा लग्न खोज्दा
कडायत र एसएसबीबीच विवाद भएको
हो ।
एसएसबीले कडायतलाई भारत लान
खोजेपछि स्थानीयको सहयोगमा उनी
एसएसबीमाथि जाइ लागेका थिए ।
पछि एसएसबीले नेपाल भारत सीमा
नजिक रहेको भजनी ईलाका प्रहरी
कार्यालयमा आफूहरुमाथि आक्रमण
भएको जानकारी गराएपछि प्रहरीले
कडायतलाई पक्राउ गरेको थियो ।
कडायतका अनुसार ट्याक्टरका लागि
डिजल बोकेर ११५ नम्बरको सीमा स्तम्भ
नजिकैबाट आउँदै गर्दा एसएसबीले उनलाई
पक्राउ गर्न खोजेको हो ।
भारतीय एसइसबीको ज्यादतीमा पनि
कडायतलाई पक्राउ गरेको भन्दै
विरोधमा भजनीका स्थानीयले बजार
बन्द गराएर प्रहरीविरुद्ध नाराबाजी
गरेका थिए । स्थानीयले कडायतलाई
छोड्नुपर्ने भन्दै नाराबाजी सुरु गरेपछि
प्रहरीले उनलाई छोडेको जनाइएको छ ।
स्थानीयले भजनी ईलाका प्रहरी
कार्यालयका प्रहरी निरीक्षक भरत
शाहविरुद्ध नाराबाजी गरेका हुन् ।
प्रहरी निरीक्षक भरत शाहले भारतबाट
डिजल ल्याउदै गर्दा भारतीय एसएसबीले
कडायतलाई सोधपुछ गरेको र अवैध
बाटोबाट डिजल ल्याउन खोज्दा
घटना भएको बताए । उनले भने–‘सीमा
नाकामा असहज परिस्थिति आउन नदिन
कडायतलाई एसएसबिको आग्रहमा
पक्राउ गरिएको हो ।’
प्रहरी निरीक्षक शाहले एसएसबीमाथि
कडायतले आक्रमण गरेपछि एसएसबीले केही
समय नाका बन्द गरेको र पछि छलफलबाट
नाका खोलाइएको बताए ।
0 comments:
Post a Comment