भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोस
काठमाडौं, ४ असोज । ग्यास ल्याउन मंगलबार नेपाली अधिकारी चीन गएपछि भारतलाई आपत परेको छ । आफ्नो
व्यापार घाटा हुने र चीनसँग नेपाल नजिक हुने देखिएपछि भारतले फेरि नेपाललाई तेल लिन बोलाएर फकाउन सुरु गरेको हो
।
नेपाललाई फकाउन मंगलबारै इन्डियन आयल निगम (आइओसी)ले रक्सौल बाहेक अन्य नाकाबाट इन्धन उपलब्ध गराउने
आश्वासन दिएको हो ।
आइओसीले यस्तो आश्वासन नेपाल आयल निगमका उच्च अदिकारी सम्मिलित टोलीलाई दिएको हो । निगमका
कार्यकारी निर्देशक गोपाल खड्का र निमित्त निर्देशक मुकुन्द घिमिरेसँग भेटवार्तापछि आईओसी अधिकारीले यस्तो
आश्वासन दिएका हुन् ।
खोजे अनुसारको वार्ता हुन नसकेको खड्काले जानकारी दिएका छन् । उनले भने, ‘उसले रक्सौल बाहेकका नाकाबाट सक्ने
जति परिणाममा मात्रै उपलब्ध गराउने आश्वासन दियो।’ अन्नपूर्ण पोष्टमा समाचार छ ।
0 comments:
Post a Comment