Home » » भारतीय गृहमन्त्रीले ओलीलाई भने, 'नाकाबन्दी चाँडै हट्छ'

भारतीय गृहमन्त्रीले ओलीलाई भने, 'नाकाबन्दी चाँडै हट्छ'

भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोस


काठमाडौ : बिद्यमान नाकाबन्दी हटाउँदै नेपाल र
भारतबीचको संबन्ध सुधार गरेर जान भारत सकारात्मक
देखिएको छ।
भारतीय गृहमन्त्री राजनाथ सिंहले सोमबार बिहान
प्रधानमन्त्री केपी शर्मा ओलीलाई टेलिफोन गरी दुई
देशबीच चिसिएको संबन्ध हल गरेर जाने पक्षमा आफूहरु
रहेको बताएका हुन्।
भारतले नेपालको नयाँ संबिधान प्रति असन्तुष्ठि
जनाउंदै विगत तिन साता देखि लगाएको
नाकाबन्दी केही दिनभित्रै हट्ने संकेत भारतीय
गृहमन्त्रीले प्रधानमन्त्री ओलीलाई दिए।प्रधामन्त्री
ओलीलाई बधाई तथा शुभकामना दिन भारतीय
राजदूत रञ्जित रे बालकोट पुगेर गृहमन्त्री सिंहले
कुराकानी गर्न चाहेको सन्देश सुनाएलगत्तै ओलीसँग
उनको फोनवार्ता भएको हो।
'भारत र नेपालबीच चिसिएको संबन्धलाई नयाँ ढंगले
अघि लैजाने पक्षमा भारत रहेको गृहमन्त्री सिंहले
प्रधानमन्त्रीज्यूसंग बताउनुभयो' ओलीका स्वकिय
सचिव राजेश बज्राचार्यले अन्नपूर्णसंग भने।
बज्राचार्यका अनुशार प्रधानमन्त्री ओलीले
गृहमन्त्री सिंहसंगको कुराकानीमा भारतले लगाएको
नाकाबन्दी चांडै हट्नेमा विश्वस्त रहेको भन्दै आफू
पनि संबन्ध सुधारेर जाने पक्षमा रहेको बताएका थिए।
'दुई देशबीचको जटिलता हल गर्नुपर्छ भन्नेमा
कुराकानी केन्द्रित थियो' बज्राचार्यले भने ‘केही
दिनमै अहिले अबरुद्द दुई देशबीचका नाकाहरु पूर्णरुपमा
खुल्ने देखिन्छ।'सिंहसंगको टेलिफोन कुराकानीका
क्रममा प्रधानमन्त्री ओलीले औपचारिक भ्रमणमा
भारत जाने बताएका थिए।
कुराकानी हुंदा साथमै रहेका राजदूत रेले
लोकतान्त्रिक बिधिबाट प्रधानमन्त्री निर्वाचित
भएकोमा ओलीलाई बधाई दिंदै भारततर्फबाट
रोकिएको पेट्रोल र ग्यांस आपूर्ति ब्यबस्था सहज हुने
बताएका थिए। यसअघि भारतीय प्रधानमन्त्री नरेन्द्र
मोदीले प्रधानमन्त्रीमा निर्वाचित एमाले अध्यक्ष
ओलीलाई टेलिफोन गरी बधाई दिएका थिए।
उनले ओली नेतृत्वको सरकारले संबिधानप्रति असन्तुष्ठ
मधेशी दलहरुलाई समेत विश्वासमा लिएर अघि बढ्ने
भन्दै आगामी दिनमा नेपाल भारत संबन्ध मजबुत भएर
जाने विश्वास ब्यक्त गरेका थिए।पूर्वकुटनीतिज्ञहरुले
ओली प्रधानमन्त्री भएपछि भारतीय प्रधानमन्त्री
मोदी र गृहमन्त्री सिंहले बधाई दिसंगै नेपाल र
भारतबीच बिद्यमान चिसोपना हटाएर अघि बढ्ने
अवस्था सिर्जना हुन लागेको प्रतिक्रिया दिएका
छन्।
'नेपालको नयाँ संबिधानमा असन्तुष्ठि ब्यक्त गर्दै
भारतले नै नाकाबन्दी गरेको थियो। त्यसका कारण
दुई देशबीच संबन्ध चिसिएको थियो । यसमा मुख्य
दोषि भारत थियो,' पूर्वराजदूत राजेश्वर आचार्यले
अन्नपूर्णसंग भने।
राजदूत आचार्यले भारतीय प्रधानमन्त्रीले ओलीलाई
फोन गरेर प्रजातान्त्रिक रुपमा सम्पन्न चुनाबाट
निर्वाचित भएकोमा बधाई दिंदै भारत भ्रमणमा
निमन्त्रणा समेत गर्नुलाई भारतले 'कोर्स करेक्सन' गर्न
चाहेको रुपमा अथ्र्याए।
'भारतीय पक्षले नाकाबन्दी लगाएर गल्ति गरेछु भन्ने
महशुश गरेको देखिन्छ जुन अत्यन्तै सकारात्मक छ,'
आचार्यले भने, 'अबका दिनमा दुई देशबीच जलस्रोत,
कृषि, ब्यापार लगायतका क्षेत्रमा सहकार्य बढाउंदै
संबन्धलाई नयाँ उचाईमा लैजान ओलीजीले पहल
गर्नसक्नुपर्छ।'
पूर्वपरराष्ट्रसचिव मधुरमण आचार्यले नयाँ सरकार गठन
भएसंगै चिसिएको संबन्ध सुधारेर जान नेपाल र भारत दुवै
देशलाई सुनौलो मौका रहेको बताए।'प्रधानमन्त्री
ओलीलाई फोन गरेर भारतीय प्रधानमन्त्रीले बधाई
दिनु तथा भारत भ्रमणमा निम्त्याउनु सकरात्मक छ'
पूर्वराजदूत आचार्यले भने, 'अब प्रधानमन्त्री ओलीले
भारतको चांडो भन्दा चांडो भ्रमण गरी चिसिएको
संबन्ध सुधार्न पहल गर्नुपर्छ।'

भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोस

Share this News :

0 comments:

Post a Comment

 
Support : Copyright © 2013. Aajako khabar - All Rights Reserved