Home » » ठुलो परीमाणमा पेस्तोल र विस्फोटक सामाग्रि सहित महिला पक्राउ

ठुलो परीमाणमा पेस्तोल र विस्फोटक सामाग्रि सहित महिला पक्राउ

भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोस


ताप्लेजुङ, २९ असोज – ताप्लेजुङको विकट गाविस
ईखाबु स्थित एक गोठबाट ठुलो परिमाणमा
विष्फोटक पदार्थ सहित सर्वाधिक खोजीको
सुचिमा रहेको एक समुहकी महिला पक्राउ परेकी छन् ।
प्रहरीको सर्वाधिक खोजीको सुचिमा रहेका
ईखावु गाविसकै देउमान लिम्वु (हाराहाङ) समुहकी
सान्थाक्रा ताप्लेजुङकी ३३ वर्षीय मन
कुमारी चोङ्वाङलाई पक्राउ गरेको जिल्ला प्रहरी
कार्यालय ताप्लेजुङका प्रहरी प्रमुख डिएसपि
शान्तिराज कोईरालाले जानकारी दिनुभयो ।
प्रहरीको मस्ट वान्टेडको सुचिमा रहेका हाराहाङ
लाई पक्राउ गर्न विशेष खोजी अभियानमा रहेको
प्रहरीले ईखाबु ४ मा पर्ने चौरीखर्कको एउटा
गोठमा लुकिछिपि बसेको अवस्थामा सुक्रवार
विहान पक्राउ गरेको हो । पक्राउ परेकी चोङ्बाङ
सँगै रहेका अरु ६ जना भने भरुवा बन्दुकले प्रहरीलाई
फायरीङ गर्दै भागेको डिएसपी कोईरालाले
बताउनुभएको छ ।
सो गोठबाट प्रहरीले चारवटा भरुवा बन्दुक, एकथान
पेस्तोल, एउटा कटुवा बन्दुक, तीन थान मोवाईल सेट,
पाईप बम बनाउन प्रयोग गरीने फलामका पाईप र बम
बनाउन प्रयोग गरीने विस्फोटक सामाग्रि सहित
केहि मिटर बिजुलीको तार
समेत बरामत गरेको छ । यस्तै विभिन्न भुमिगत संगठनको
पर्चा पमप्लेट समेत फेला परेको बताईएको छ ।
सदरमुकाम देखि करीव दुई दिनको पैदल यात्रामा
मात्र पुग्न सकिने सो हिमाली क्षेत्रको गोठमा
बसी तल रहेका गाउँमा आई स्थानियलाई धम्क्याउँदै
अलैचि र रकम असुल्न हाराहाङ सहित उ नेतृत्वको समुह
सक्रिय रहेको भन्ने सुचनाका
आधारमा प्रहरीले सो क्षेत्रमा विगत केहि महिना
देखि अनुसन्धान गर्दै आएकोमा शुक्रबार बिहान करीब
चार बजे सो महिला सहित विस्फोटक सामाग्रि
बरामत गरेको प्रहरीले बताएको छ ।
यस स्थानको भौगोलीक अबस्था विकट रहेकाले फरार
रहेकाहरुको खोजि कार्यमा समस्या हुनेगरेको प्रहरी
प्रमुख कोईरालाले बताउनुभयो । भरुवा
बन्दुक फायरीङ गर्दै भाग्नेहरुको खोजिकार्यमा
अहिले पनि सोहि क्षेत्रमा प्रहरी रहेको उहाँको
भनाई छ । सो स्थानमा रहेको प्रहरी अनुसन्धानमा नै
रहेकाले पक्राउ परेकी महिला र विस्फोटक
सामाग्रि सोहि स्थानमा कडा सुरक्षाका
विच राखिएको छ ।
हाराहाङको जिल्ला प्रहरी कार्यालय
ताप्लेजुङको दुई नम्बर गेट नजिक २०७१ कार्तिक १६ बम
बिष्फोट, ज्यान मार्ने उद्योग, डकैतीको तीन वटा
मुद्धामा रहेको छ भने अन्य जिल्लामा एक दर्जन बढि
मुद्धा रहेको प्रहरीको भनाई छ ।
हाराहाङले विभिन्न भुमिगत पाटिको नाममा
ताप्लेजुङ, पाँचथर, ईलाम, झापा लगायत पुर्वि
जिल्लामा पछिल्लो समय चन्दा आतंक मचाउँदै आएको
प्रहरीको दावि रहेको छ ।
प्रहरीका अनुसार उनीहरूले विभिन्न भूमिगत
पार्टीको नाममा सर्वसाधारणलाई आतंकित पार्दै
आपराधिक क्रियाकलाप गर्दै आएका हुन् । पुर्वका
ताप्लेजुङ, पाँचथर, इलाम, झापा, मोरङलगायत
जिल्लामा किराँत लिम्बुवान राष्ट्रिय परिषद्,
लिम्बुवान क्रान्तिकारी पार्टी, लिम्बुवान भूमि
मुक्ति राष्ट्रिय पार्टी नेपाल लगायतको नाममा
विध्वंस मच्चाइने गरेको प्रहरी अनुसन्धानले देखाएको
छ ।
जबर्जस्ती चन्दा, विष्फोट, ज्यान मार्ने उद्योग,
हातहतियार खरखजानामा संलग्न भएर भूमिगत
समूहको पर्चा फालेर सर्वसाधारणलाई आतंकित पार्ने
यस्तो समूह राजनीतिक संरक्षणमा रहेको समेत
प्रहरीको दाबी रहेको छ ।

भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोस

Share this News :

0 comments:

Post a Comment

 
Support : Copyright © 2013. Aajako khabar - All Rights Reserved