
काठमाडाैं, ८ पुस । एमाओवादीका अध्यक्ष पुष्पकमल दाहालले संविधान बन्न नसक्नुको दोष एमाले अध्यक्ष केपी शर्मा ओलीमाथि थुपारेका छन् । त्यसैगरी उनले अाफु सेरेमोनियल राष्ट्रपति नबन्ने स्पष्ट पारेका छन् । आजको नयाँ पत्रिका दैनिकमा उनको अन्तरवार्ता छापिएको छ । अन्तर्वार्ताका केही अंशहरूः ओलीलाई मन नपरेको परिवर्तन ओलीले सामन्ती, संकीर्ण, परम्परावादी सोचको प्रतिनिधित्व गर्नुहुन्छ । उहाँलाई परिवर्तन मन परेको छैन । ०६२–०६३ को आन्दोलनमा सुरुदेखि नै उहाँको सहभागिता थिएन । अहिले पनि उहाँले जटिल बनाइरहनुभएको छ । दुई पक्षबीच सहमति अनिवार्य हिजो विस्तृत शान्ति– सम्झौता जस–जसबीच भएको हो, ती दुई पक्ष सहमत नहुँदासम्म दुईतिहाइ त के ९० प्रतिशत भएछ भने पनि त्यस्तो संविधानसभाबाट संविधान बनेको मानिँदैन । दुईतिहाइ हुँदा पनि सहमति खोज्यौँ पहिलो संविधानसभामा जनजाति, मधेसकेन्द्रित, कांग्रेस–एमालेकै सभासद्ले समेत हस्ताक्षर गरेर मलाई दिएका थिए । तर, कांग्रेस–एमालेलाई छाडेर संविधान बनाएनौँ, किनकि त्यो लागू गर्न सकिँदैनथ्यो । प्रधानमन्त्रीले ठोस प्रस्ताव ल्याउनुभएन प्रधानमन्त्रीले ‘विन–विन सिचुएसन’मा सहमति गरौँ भनेर पटक–पटक भन्नुभएको छ, तर प्रधानमन्त्रीको हैसियतमा ‘गिभ एन्ड टेक’को ठोस प्रस्ताव ल्याउन सक्नुभएन । प्रक्रियामा जान पनि सहमति हाम्रो नियमावलीअनुसार दुईतिहाइ छ भनेर देखाउन प्रश्नावली तयार पारेर प्रस्तुत गर्नुपर्छ र भोटिङ हुनुपर्छ । त्यो प्रक्रिया अगाडि बढाउन पनि प्रमुख राजनीतिक दलबीच सहमति हुनुपर्छ । सहमति नभई नियमावली परिवर्तन हुन सक्दैन । ‘सेरेमोनियल’ राष्ट्रपति बन्दिनँ यही परिवेशमा सेरेमोनियल राष्ट्रपति बन्ने मैले कल्पना पनि गरेको छैन । सेरेमोनियल राष्ट्रपति बन्ने मेरो दिमागको कुनै कुनामा पनि सोच छैन ।
0 comments:
Post a Comment