भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोस
स्वदेशमा काम नपाएको भन्दै पैसा कमाउनकै
लागि विदेशिने नेपाली युवाको संख्या दिनदिनै
बढ्दै छ । वैदेशिक रोजगार विभागका अनुसार एक
दिनमा १५ सय नेपाली काम गर्नकै लागि विदेश जाने
गरेका छन् । विदेश जानेको जमात बढ्न थालेपछि एजेन्ट
र म्यानपावरको संख्या पनि बढ्दै गएको छ ।
उनीहरुले मेडिकल खर्चसँगै अरु खर्चपनि जोडेर १ लाख ५०
हजारदेखि साढे २ लाखभन्दा बढी पैसा लिने
गरेका छन् । जबकी श्रम तथा रोजगार विभागले
नेपालीका लागि काम गर्न जाने विभिन्न १२
मुलुकको लागि अधिकतम लागत खर्च तोकिदिएको छ
।
विभागले मलेसिया, पोल्याण्ड र
रसियाको लागि अधिकतम लागत ८० हजार
रुपैयाँ तोकेको छ । यसैगरी बहराइन, कुवेत, लेबनान,
ओमन, साउदी अरयिबा र युएई को लागि ७० हजार
रुपैयाँ, जापानको लागि ५० हजार
रुपैयाँ तोकेको विभागले कतारको लागि २० हजार
रुपैयाँ व्यवस्था गरेको छ । सबैभन्दा कम
मौरिसेसको लागि १९ हजार रुपैयाँ लाग्ने विभागले
जनाएको छ ।
तर आम नागरिक विभागले तोकेकोभन्दा बढी रकम
तिरेर विदेश गैरहेका छन् । वैदेशिक रोजगारीमा जाने
व्यक्ति ठगिने क्रम बढेपछि विभागले
यी मुलुकका लागि रकम तोकिदिएको हो । तर रकम
तोकिदिएपनि उचित अनुगमनका साथै कहाँ उजुरी गर्ने
भन्ने विषयमा आम नागरिकलाई
जानकारी नहुँदा विदेशिन लागेका यूवा ठगिने क्रम
जारी छ ।
विभागले तोकेकोभन्दा बढी रकम माग गर्ने एजेन्ट
वा म्यानपावर कम्पनी विरुद्ध निवेदन दिए, विभागले
कारवाही पनि गर्नेछ । उजुरीको लागि ४४६१२९९ र
४१०२७०९ नम्बरमा फोन गर्न पनि विभागले भनेको छ ।
यसैगरी फ्याक्स नम्बर ४११२४७३ वा ४१०२७०९
मा पनि उजुरी गर्न सक्नुहुन्छ । info@dofe.gov.np
मा ईमेल गर्न पनि विभागले सबैसँग अनुरोध गरेको छ ।
विदेशीनेमध्ये धेरै नेपाली युवाको गन्तव्य
मध्यपूर्वका अरबी मुलुकहरु साउदी अरब, कतार, कुवेत,
0 comments:
Post a Comment