भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोस
मुम्बई । जो जति बोल्ड हुन सक्यो, उत्तिकै चर्चित ।
पछिल्लो समय बलिउड फिल्म उद्योगमा बोल्ड
हिरोइनको बोलवाला र रवाफ निकै बढ्दो छ ।
अभिनय कमजोर किन नहोस् बोल्ड भएकै कारण
बलिउडमा स्थापित
भएका नायिकाहरुको सूची लामै छ ।
हरियाणाका प्रान्तीय फिल्ममा अभिनय
गरेकी मल्लिका शेरावतले हट फोटो सुटकै कारण
बलिउडमा प्रवेश पाएकी थिइन् । अहिलेकी चर्चित
नायिका कटि्रना कैफले बलिउडमा प्रवेश
पाउनका लागि आफुलाई हट अवतारमा प्रस्तुत गर्न
परेको थियो । सुरुमै बोल्ड भएर आएका हिरोइनवारे
‘टाइम्स अफ इण्डिया’ बनाएको सूची यस्तो छ ।
प्रियंकाकी बहिनीलाई बोल्ड हुने बाध्यता
हिन्दी फिल्म ‘जीद’ मा अभिनय
गरेकी नायिका बार्बी हाण्डा हट
एक्ट्रेसको रुपमा स्थापित हुने अभियानमा छिन् ।
उनको त्यो इच्छा नभएको भए पक्कै पहिलो फिल्ममै
नायक कर्णबीरको मुखमा मुख जोडेर चुम्बन गर्ने थिइनन्
होला । नातामा पि्रयंका चोपडाको बहिनी पर्ने
बार्बीले केही कामुक दृष्य दिएकी छिन् ।
सुरविनलाई टुपीसको सहारा
विभिन्न टिभी सिरियल र
पञ्जाबी फिल्ममा अभिनय गरेकी सुरवीन चावलाले
बलिउडमा आउनका लागि टुपिसमा फोटो शुट
गरेकी थिइन् । हिन्दी फिल्म बीबी और
ग्याङ्गस्टारमा बोल्ड भुमिकामा प्रस्तुत
भएकी छिन् माही गिल । जुन उनको पहिलो फिल्म
थियो ।
सन्नीलाई पनि देखाउनैपर्यो
सन्नी लियोन बलिउडमा प्रवेश गर्न
लागेको हल्ला चलेपछि उनको यति धेरै चर्चा भयो ।
केही हट फोटो शुट गरिन् उनले ।
मुम्बइका स्टुडियोमा खिचिएका विभिन्न नयाँ-
नयाँ पोजका तस्बिर सार्वजनिक भए लगत्तै उनको थप
चर्चा हुन्थ्यो ।
शर्लिन नाङगीनै तयार
शर्लिन चोपडा मोडलिङको दुनियाँमा अत्याधिक
चर्चित पात्र हुन पुगिन् ।
राम्रो भुमिका पाएमा नाङ्गै अभिनय गर्न तयार
रहेको बताएकी शर्लिनलाइ फिल्ममा उनले
चाहेको रोल दिने निर्देशक भेटिएका छैनन् ।
न्युड सिन दिने कुरो
किंगफिगर ग्ल्यामर गर्ल भनेर चिनिने
सोनाली राउतले पनि दर्शकको ध्यान तान्न
ब्यापक अंग प्रदर्शन गरिन् । न्युड सिन दिन तयार
रहेको अभिब्यक्ति दिएर चर्चामा आएकी हुन्
सोनाली ।
कट्रिनाको भर्याङ पनि अंग प्रदर्शन नै
हिन्दी फिल्म ‘बुम’ प्रदर्शन हुनु अघि नै उक्त
फिल्मको पोष्टरको विषयमा विवाद
भएको थियो । मधु सप्रे र कट्रिना कैफ दुई मोडलले
उक्त फिल्ममा उत्तेजक अभिनय गरेका थिए । फिल्म
रिलिजका बेला कट्रिनाले अश्लिता बेचेको आरोप
नलागेको हैन तर, अहिले कैट उक्त आरोपवाट मुक्त
भइसकेकी छिन् ।
लाराको अंग प्रदर्शन रुचाइयो
हिन्दी फिल्म अन्दाजमा काम
गर्दा अभिनेत्री लारा दत्तले पनि अंगप्रदर्शनलाइ
निकै महत्व दिएकी थिइन् । दर्शकले उनको अभिनय र
अंग प्रदर्शनलाइ समेत रुचाइदिएपछि अगाडी बढन निकै
सजिलो भएको थियो उनलाई ।
पहिलो फिल्ममै बेड सिन
‘कौन है वहा’ मा अनुबन्ध हुनुअघि नै नायकसँग
यौनजन्य दृष्य दिने सहमति जनाएकी थिइन्
कल्पना माथुरले । पहिलो फिल्ममै बोल्ड
भएकी कल्पना त्यसपछि भने बलिउड
फिल्ममा सक्रिय हुन सकिनन् । पाकिस्तानी मोडल
बीना मलिकले पनि हट पोजकै कारण
चर्चा बटुलेकी थिइन् ।
उत्तेजकको फोटोको सहारा
‘जन्नत -२’ मा अभिनय गरेकी थिइन् मिस
इण्डिया इशा गुप्ता । उक्त फिल्ममा इमरान
हाशमीको नायिका बनेकी इशाले
पनि फिल्ममा आउनु अघि नै उत्तेजक फोटो शुट
गराएकी थिइन् ।
मल्लिकाको २२ चुम्बन
हिन्दी फिल्म ‘ख्वाहिस’ मा नायकसँग २२ पटक चुम्बन
गरेकी छिन् मल्लिका शेरावतले । फिल्ममा काम गर्नु
अघि हट फोटो शुट गरेकी मल्लिकाले
फिल्ममा पनि हट सिनलाइ
पहिलो प्राथमिकतामा राखेकी थिईन् । चलचित्र
‘डब्बल क्रश’ मा बिकनीमा प्रस्तुत भएकी निगार
खानले अभिनय यात्रालाइ भने सहज
रुपमा अगाडी बढाउन सकिनन् ।
हट पोज बिक्री भएन
हिन्दी फिल्म ‘हवस’ मा काम गर्नु
अघि मेघना नायडुले पनि हट फोटो शुट गरेकी थिइन् ।
फिल्ममा पनि केही हट सिन दिएकी थिइन् तर,
उनको हट दृष्य बिक्री नभएको बताउछन् बलिउड
फिल्मकर्मी । किनकी अहिले उनी फिल्म
क्षेत्रमा सक्रिय छैनन् ।
0 comments:
Post a Comment