Home » , » म्यानपावर व्यवसायी र सरकारबीच ३१ बुँदे सहमति, बन्द रहेका म्यानपावर आइतबारबाट खुल्ने....

म्यानपावर व्यवसायी र सरकारबीच ३१ बुँदे सहमति, बन्द रहेका म्यानपावर आइतबारबाट खुल्ने....

भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोस

आन्दोलनरत म्यानपावर व्यवसायी र श्रम
मन्त्रालयबीच ३१ बुँदे सहमति भएको छ । सिंहदरबारमा
आज साँझ बसेको वार्तामा ३१ बुँदे सहमति भएको श्रम
मन्त्रालयका निमित्त सचिव तथा वार्ता टोली
संयोजक सूर्य श्रेष्ठले सेतोपाटीलाई जानकारी दिए

वार्तामा मलेसिया लगायतका खाडी देशमा फ्रि
भिसा र टिकटमा कामदार पठाउने लगायतका
विषयमा सहमति जुटेको उनले बताए । सहमतिसँगै १९
दिनदेखि बन्द रहेका म्यानपावर कम्पनीहरु
आइतबारदेखि खुल्ने भएका छन् ।
फ्रि भिसा र टिकटमा कामदार गर्न विदेश गएकाहरु
व्यवसायीको कमजोरीका कारण अलपत्र गरे
व्यवसायीले नै नेपाल झिकाउनुपर्ने र कामदारका
व्यक्तिगत कारण भए कामदार स्वयमले नै लागेको खर्च
तिरेर नेपाल आउनुपर्ने विषयमा सहमति भएको श्रेष्ठले
बताए ।
विदेश जाने कामदारसँग १० हजारभन्दा बढी शुल्क
उठाउन नपाउने विषयमा सहमति जुटेको उनले बताए ।
यसअघि व्यवसायीहरुले प्रतिकामदार १५ हजार
उठाउनुपर्ने माग गरेका थिए । सरकारले गत असार २१
गतेदेखि फ्रि भिसा र टिकटमा कामदार विदेश
पठाउने निर्णय गरेसँगै व्यवसायी सडक आन्दोलनमा
उत्रिएका थिए ।

भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोस

Share this News :

0 comments:

Post a Comment

 
Support : Copyright © 2013. Aajako khabar - All Rights Reserved