Home » » सभासद् अमरेशलाई २४ घण्टे स्पष्टीकरण

सभासद् अमरेशलाई २४ घण्टे स्पष्टीकरण

भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोस

भाद्र ९, २०७२- कांग्रेस केन्द्रीय कार्यालयले सभासद् अमरेशकुमार सिंहलाई कारवाहीका लागि २४ घण्टे स्पष्टीकरण सोधेको छ । कैलालीलगायतका जिल्लामा सामाजिक सद्भाव भडकाउने खालका अभिव्यक्ति दिएको बिषयलाई लिएर पार्टीभित्र कारवाहीको दबाव बढेपछि कांग्रेसको अनुशासन समितिले २४ घण्टे स्पष्टीकरण माग गरेको हो । सिंहलाई पार्टीका कर्मचारीले बुधबार सांझ स्पष्टीकरणको पत्र थमाएका छन् । उनलाई कारवाही गर्ने बिषयमा अनुशासन समितिको बैठक तीन पटक सम्म बसेको स्रोतले बतायो ।
अनुशासन समितिका अध्यक्ष आमोद उपाध्याय राजधानी बाहिर रहेकाले समितिका बरिष्ठ सदस्य दिलवहादुर घर्तीको अध्यक्षतामा बैठक बसेको थियो । कैलालीलगायत देशका विभिन्न भागमा बोलेका अडियो, भिडियो समेत रहेको उल्लेख गर्दै चित्त बुझो जबाफ नआए अनुशासन समितिले तपाईलाई किन कारवाही नगर्ने भन्दै २४ घण्टा भित्र जबाब दिन माग गरेको छ ।
समितिको उक्त पत्र केन्द्रीय कार्यालयका मुख्य सचिव ऋसिकेश तिवारीले हस्ताक्षर गरेका छन । तिवारीले हस्ताक्षर गरेको पत्र लिएर कार्यालयका कर्मचारीहरु सिंहलाई खोज्न बुधबार विहानदेखि खटिएका थिए ।
दिनभर खोज्दापनि फेला नपारेपछि सांझ संविधानसभा भवनममा गएर सिंहलाई पत्र बुझाईएको हो । 'हामी उनको घरमा गयौ, त्यहाँ नभएको थाह पाएपछि सिंहदरबार र मन्त्रालयमा पुगेको खवर आयो । त्यहाँपनि भेटिएन' कार्यालयका एक कर्मचारीले भने,'बालुवाटारमा गएको जानकारी पनि आयो । त्यहा पनि पुगेका रहनेछन । पछि संविधानसभामामा आउँछु भनेपछि साँझ त्यहाँ पुगेका हौ ।'  
कांग्रेस बरिष्ठ नेता शेरवहादुर देउवाले मंगलबार सामाजिक सद्भाव विथल्ने खालको अभिव्यक्ति दिएको फेला परे कारवाही गर्ने बताएका थिए ।

भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोस

Share this News :

0 comments:

Post a Comment

 
Support : Copyright © 2013. Aajako khabar - All Rights Reserved