Home » » विद्रोहको डरले प्रधानमन्त्री कोइरालाद्वारा आफ्ना दलका सभासद फकाउँदै

विद्रोहको डरले प्रधानमन्त्री कोइरालाद्वारा आफ्ना दलका सभासद फकाउँदै

भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोस

काठमाडौं, २२ भदौ । आफ्ना हकअधिकारलाई लिएर थारु, आदिवासी जनजाति र मधेशी सभासदहरूले विद्रोहको चेतावनी दिएपछि प्रधानमन्त्रीसमेत रहनुभएका प्रधानमन्त्री सुशील कोइरालाले उनीहरूसँग छलफल गर्नुभएको छ ।

आफ्नै सरकारी निवास बालुवाटारमा जारी छलफलमा कोइरालाले आफ्ना दलका मधेशी, थारु र जनजाति सभासदहरूलाई बोलाएर सम्झाउने प्रयास गर्नुभएको छ ।

कोइरालाले अहिले प्राप्त अधिकारलाई संस्थागत गरेर अगाडि बढ्न सबैलाई आग्रह गर्नु हुने बुझिएको छ ।

असन्तुष्ट सभासदहरूको मागलाई कोइरालाले सम्बोधन गर्ने आश्वासन दिनु हुनेछ ।

उहाँले आफ्ना सभासदहरूलाई पार्टीका निर्देशन मान्न र सार्वजनिक रुपमा असन्तुष्टिका आवाज नबोल्न आग्रह गर्नुहुने स्रोतले जनाएको छ ।

भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोस

Share this News :

0 comments:

Post a Comment

 
Support : Copyright © 2013. Aajako khabar - All Rights Reserved