भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोस
काठमाडौं, २१ भदौ । गिनिज बुक अफ वर्ल्ड रकर्डमा
नाम लेखिएका विश्वकै होचा व्यक्ति चन्द्रबहादुर
डाँगीको शव अमेरिकी टापुबाट नेपाल ल्याउन
समस्या भएको छ ।
कानुनी झमेला र कूनतीनिक पहल नहुँदा शव ल्याउन
अप्ठ्यारो भएको हो । उनको शव अमेरिकाको
आइल्यान्ड सामुआस्थित अस्पतालमा राखिएको
थियो ।
चन्द्रबहादुर बिरामी भएर अस्पताल भर्ना भएपछि
अहिलेसम्मको खर्च २१ लाख रुपैयाँ (करिब २० हजार
डलर) पुगिसकेको छ ।
उक्त रकम कसले र कसरी तिर्नेबारे अन्योल छ ।
डाँगीको सहयोगीका रुपमा त्यहाँ गएका भतिजा
दोलखबहादुर डाँगीसँग त्यत्रो रकम छैन ।
उनलाई अनुवन्धित गरेर त्यहाँ लगको म्युजिक सर्कस अफ
सामुआँसँग पनि डाँगीको कुनै सम्झौता नरहेको
समाचार अन्नपूर्ण पोष्ट दैनिकले छापेको छ ।
0 comments:
Post a Comment