भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोस
भारतको उत्तर प्रदेशको कानपुरमा एक बाबुले आफ्नी
नौ वर्षकी छोरीको बलि दिएको समाचार छ ।
उनकी पत्नीले कुनै साथीले घरको सुख–शान्तिको
लागि यस्तो गर्न सुझाएपछि आफ्नै छोरीको बली
दिएको बताएकी छिन् । उनका अनुसार साथीको
सल्लाह बमोजिम नै उनका पतिले हथौडा र
ह्याण्डपम्पले पिटेर छोरी मारेका हुन् । पुलिसले
आरोपीलाई गिरफ्तार गरेको छ ।
प्राप्त जानकारी अनुसार सिकन्दरा क्षेत्रको जमौर
गाउँमा बस्ने गिरजेश (३८) को परिवारमा पत्नी
सुनीताको अलावा दुई छोरा अमित (१५) अमन (१३)
र एक छोरी खुशी (९) थिए। कृषक गिरजेश कमाई भएकै
कारण दुई वर्षदेखि दुःखी थिए।
सुनीताका अनुसार शनिवार साँझ जब गिरजेश घर
आएपछि उनले घरमा कपुर भए नभएको सोधे । घरमा
पूजाको सामान नभएपछि बाहि
र गएर उनले सामान लिएर आए । जव खाना खाने समय
भयो उनले उपवास भएकाले पूजापाठ सकेर खाने बताए ।
राती कृष्णजन्माष्टमीको विषयमा पति पत्निको
झगडा भयो । त्यसपछि उनी बच्चाहरु लिएर बाहिर
सुत्न निस्किए । उनी बाहिर निस्केको कहिबेरपछि
रगताम्य छोरीको लाश देखियो, छोरीको लाससँगै
अगरबत्ती र फूल समेत भेटियो ।
प्रहरीले तन्त्रमन्त्रको चक्करमा हत्या गरिएको भनेपनि
यसको जाँच भईरहेको जनाएको छ ।
0 comments:
Post a Comment