Home » » झापा, मोरङ सुनसरी मधेसमा राखे विद्रोह गर्छौ...

झापा, मोरङ सुनसरी मधेसमा राखे विद्रोह गर्छौ...

भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोस


अरुणपारिका झापा, मोरङ र सुनसरीसहितका नौ
जिल्ला लिम्बुवानको हो । ऐतिहासिक दसी,
प्रमाण र तथ्यले यहि बोल्छन् । ऐतिहासिक
पृष्ठभूमिका आधारमा लिम्बुवान क्षेत्रलाई
स्वायत्तता दिने भनेर राज्यले हामीसँग २०६४ साल
फागुन १८ र चैत ७ मा सम्झौता गरिसकेको छ । झापा
मोरङ र सुनसरीको समथर क्षेत्रमात्रै हैन लिम्बुवानको
भूमि टिस्टासम्म थियो । तर ऐतिहासिक घटनाक्रमले
अहिले त्यो छिन्नभिन्न भयो । यसो भन्दैमा हामी
जुन क्षेत्रमा बसिरहेका छौं यसको ऐतिहासिक
पृष्ठभूमि खोतलेर हेर्दा अरुणपारिका नौ जिल्ला
लिम्बुवान स्वायत्त प्रदेश हुनु पर्छ भन्ने हाम्रो माग
हो । अहिलेको सात प्रदेशको सिमांकनमा
अरुणवारिको किरात क्षेत्र पनि मिसाइएको छ ।
यो हामी मान्दैनौ ।
तराईमा पनि अहिले मधेस केन्द्रीत राजनीति
गरिरहेकाहरुले झापादेखि पर्सासम्मको समथर भाग
मधेस प्रदेश हुनु पर्छ भनिरहेका छन् । अवसर पाउँदा
सत्तामा जाने, नपाउँदा आन्दोलन गर्ने दलहरुले भन्दैमा
झापा मोरङ सुनसरी मधेसको भाग हुन सक्दैन । यी
तीन जिल्लाका पुराना बासिन्दा को हुन् ? यो
कुरा मधेसमा आन्दोलन गरिरहेका दलहरुले केलाएर हेरुन् ।
यी तीन जिल्लाका पुराना बासिन्दा त धिमाल
हुन् । धिमाल भनेको तराईमा सदियौंदेखि बसिरहेका
लिम्बुहरु नै हुन् । धिमाल र लिम्बु एकै जाति हुन् ।
धिमालले जोगाएको झापा मोरङ सुनसरी अरु कसैले
माग्दैमा हुँदैन । हुन दिदैनौं । यो लिम्बुवानको क्षेत्र
हो । यदि कोही हामीले भनेको क्षेत्र लिम्बुवानको
हैन भनेर आउँछ भने आओस् । सम्वादका लागि हामी
खुला छौ । सम्वाद खुला होस्, हामीले भनेको क्षेत्र
कसको रहेछ, प्रमाण पछार्न हामी तयार छौ । कसैले
मसलको बल देखाएर हामीलाई उपेक्षा गर्न खोज्छ भने
मसलको पावर हामीसँग पनि छ । इटाको जवाफ
ढुंगाले दिन हामीलाई पनि आउँछ ।
झापा मोरङ सुनसरी मधेसीले तपाईहरुलाई दिदैनन्
पनि भन्ने कुरा पनि सुन्ने गरेको छु । कसैले दिदैमा हुने,
नदिदैनमा नहुने के यी तीन जिल्ला कसैको पेवा हो
र ? राज्यले सम्झौता गरेको छ । ऐतिहासिक
पृष्ठभूमिका आधारमा प्रदेशको सिमांकन हुनु पर्छ ।
यदि राज्यले मधेसवादीको माग पुरा गरेर झापा
मोरङ सुनसरी मधेसमा हाल्यो भने अहिले तराईमा
भएजस्तो आन्दोलन हामी पनि सुरु गर्छौ । हामी
कुर्सी नपाएर आन्दोलन गरिरहेका दल हैनौं । हामी
अधिकार र न्यायका लागि लडिरहेका दलहरु हौं भन्ने
कुरा यस क्षेत्रका आमजनताले बुझेका छन् । हाम्रो
आन्दोलनमा यस क्षेत्रमा बसोबास गर्ने क्षेत्री
बाहुनसमेतले बुझेर समर्थन गरेका छन् ।
हिलेसम्मको आन्दोलन हाम्रो शान्तिपूर्ण छ ।
शान्तिपूर्ण नै हुनेछ । तर यो शान्तिपूर्ण आन्दोलनलाई
उपेक्षा गरेर जथाभावि हाम्रो क्षेत्र अरुलाई दिन
खोजियो भने लाठीमुंग्रा के उठाउनु पर्ने हो हामी
उठाउँछौ । लिम्बु जाति भनेको सुतेको बाघ हो ।
लिम्बुहरुको वीरता के हो ? इतिहास साक्षी छ ।
यति हुँदा हुँदै पनि राज्यसँग हामी सम्वाद गर्न तयार
छौं । प्रमुख दलहरुले कस्तो संविधान ल्याउँदैछ ? त्यो
हामीले थाह पाएनौं । हामीसँग कुनै सल्लाह गरिएको
छैन । निरन्तर संघर्ष गरिरहेका शक्तिसँग सल्लाह नगरी
राज्य एकलौटी ढंगबाट अगाडि बढ्न खोजिरहेको छ ।
नयाँ संविधानमा लिम्बुवान निश्चित हुन पर्छ ।
धर्मनिरपेक्षताको ग्यारेन्टी हुनु पर्छ । समानुपातिक
प्रतिनिधित्व निश्चित हुनु पर्छ । थ्रेस होल्ड खारेज
हुनु पर्छ । आन्दोलनरत शक्तिहरुसँग पनि छलफल गर्न वृहद
गोलमेच सम्मेलनको आयोजना हुनु पर्छ । आन्दोलनरत
पक्ष, राज्य र नागरिक समाजबीच छलफल गरेर
सिमांकन टुंग्याउनु पर्छ ।यहि माग पूरा गर्न दबाब
दिने उद्देश्यले सोमबार र मंगलबारका लागि दुई दिने
बन्दको आह्वान गरेका हौं ।
(अध्यक्ष लिम्बुसँग गरिएको कुराकानीमा आधारित)

भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोस

Share this News :

0 comments:

Post a Comment

 
Support : Copyright © 2013. Aajako khabar - All Rights Reserved