भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोस
काठमाडौं, १६ भदौ । तराईका जिल्लाहरूमा आन्दोलन चर्किएको आज अठार दिन पुगेको छ । आन्दोलन नेताहरूको नियन्त्रण बाहिर गएको सरकारको आरोप छ ।
विशेष गरेर मधेश केन्द्रित दलहरूले हाँकीरहेको भनिएको तराईको आन्दोलन कसको नियन्त्रणमा छ ? भविष्यले बताउला तर आन्दोलनमा सहभागी केही मधेश केन्द्रित दलका केन्द्रीय नेताहरूको आफ्नै स्वार्थ रहेको प्रष्ट देखिन थालेको छ ।
सद्भावना पार्टीका नेताहरूले आन्दोलनमा सहभागी भएका तस्बिर खिचेर तत्काल फेसबुकमा हालिहाल्छन् । उनीहरूको यो कार्य अनलाइन पत्रिकाहरूका लागि समाचार लेखन सहयोग मिलेको छ । यो राम्रो पनि हो ।
तर ती मधेश केन्द्रित नेताहरूले तस्बिरसँगै आफ्ना रोजक कमेन्ट अर्थात सरकार र सुरक्षाकर्मीलाई तथानाम गाली गरेर लेख्ने पनि गरेका हुन्न्छन् ।
यसै क्रममा वीरगञ्जमा भएको प्रदर्शनका क्रममा गोली लागेर गम्भीर घाइते भइ उपचार गराइ रहेका एक आन्दोलनकारीसँग तस्बिर खिचेर सद्भावना पार्टीका महासचिव मनीष सुमनले सामाजिक सञ्जालमा सार्वजनिक गरेका छन् ।
उनले तस्बिर खिच्ने क्रममा पोज दिँदै गरेको ख्याल गर्न नसक्दा घाइतेको पीडासँग मनोरञ्जन गरेको आरोप लागेको छ ।
काठमाडौंस्थित वीर अस्पतालमा उपचार गराइ रहेका घइतेलाई गोली लागेर बनेको घाउ दुःखेको सायद मनीस सुमनलाई थाहा छैन । उनले पोज मिलाइ–मिलाइ मंगलबार तस्बिर खिचाएका हुन् ।
त्यति मात्रै कहाँ हो र महासचिव सुमनले विभिन्न टेलिभिजनमा दिएका अन्तर्वार्ताका तस्बिर र भाषण गर्दै गरेका एक्सनयुक्त तस्विर पनि राखेका छन् । मनीस हाल राजाधनीमा छन् ।
0 comments:
Post a Comment