Home » » हारको जिम्मा तीन नेताले लिनुपर्छ : महत

हारको जिम्मा तीन नेताले लिनुपर्छ : महत

भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोस


२७ असोज, काठमाडौं । नेपाली कांग्रेसका नेता डा.
रामशरण महतले प्रधानमन्त्री निर्वाचनमा पार्टीका
पार्टीले व्यहोरेको हारको जिम्मा तीन बरिष्ठ
नेताहरुले लिनु पर्ने बताएका छन् ।
गृहकार्य नै नगरी उम्मेदवारी दिदा पराजित हुनु
परेको उनले बताएका छन् ।
रिपोर्टर्स क्लब नेपालले बुधवार आयोजना गरेको
साक्षात्कारमा पूर्व अर्थमन्त्री समेत रहेका महतले भने-
निर्णय गर्ने सभापति सुशील कोइराला, बरिष्ठ नेता
शेरबहादुर देउवा र उपसभापति रामचन्द्र पौडेल हो ।
त्यसैले पार्टीका उम्मेदवारको हारको जिम्मेवारी
निर्णय लिने नेताले नै लिनुपर्छ ।’
यद्यपि उनले काग्रेसले प्रधानमन्त्री पदमा उम्मेदवार
दिएकै कारण संविधानको विरोध गरिरहेका
मधेसवादी दलहरु संबैधानिक प्रक्रियामा प्रवेश
गरेकोले त्यो सकारात्मक भएको दावी गरे ।
नेताहरुले गृहकार्य नै नगरी उम्मेदवारी दिँदा पराजित
हुनु परेको भन्दै उनले अब राष्ट्रपति, उपराष्ट्रपति,
सभामुख र उपसभामुख पदमा भने सहयोगी दलहरुसँगको
सहमतिको आधारमा उम्मेदवारी दिनु पर्ने बताए ।
उनले भने-ठूलो पार्टीको नामतले सबै पदमा हाम्रो
दावी रहन्छ । सबैसँग परामर्श गरेर उम्मेदवारी दिन्छौं ।
त्यसक्रममा अरुलाई समर्थन पनि गर्न सकिन्छ ।’
कांग्रेस नेता महतले अब अब संसदमा आफ्नो पार्टीले
जिम्मेवार प्रतिपक्षको भूमिका निर्वाह गर्ने बताए ।
सरकारलाई गुण र दोषको आधारमा समर्थन वा
विरोध गर्ने रणनीतिमा कांग्रेस रहेको उनले सुनाए ।
उनले संविधानको कार्यान्वयन निर्माण भन्दा पनि
जटिल रहेको तर्क गर्दै भने-‘मधेसीको माग संबोधन गर्नु
पर्ने आवश्यकता छ । त्यसका लागि संविधान संशोधन
विधेयकलाई अगाडि बढाउनु पर्ने आवश्यकता छ ।’

भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोस

Share this News :

0 comments:

Post a Comment

 
Support : Copyright © 2013. Aajako khabar - All Rights Reserved