भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोस
काठमाडौं, ३० असोज । भारतीय प्रधानमन्त्री नरेन्द्र
मोदीको अहिले सर्वत्र आलोचना भइरहेको छ ।
झन भारतमा अहिलेको चर्चित दादरी काण्डमा पनि
मोदी नराम्रोसँग मुछिएका छन् । नेपालमा गरिएको
अघोषित नाकाबन्दीले पनि उनीमाथि दबाब परेको
छ । तर, उनले आफ्नो निर्वाचन क्षेत्र वाराणसीमा
भड्किएको हिंसामा चलाखीपूर्ण फर्मुला लगाएर
कांग्रेसका नेतालाई फसाएका छन् ।
वाराणसीमा केही दिन अगाडि साधु र अन्य
मानिसहरुले विरोध मार्च निकालेका थिए । जसका
कारण हिंसा भड्किएको थियो । हिंसा भड्किदा
कैयौ घाइते भएका थिए भने प्रशासनले दुई दिनसम्म
कर्फ्यू लगाउनुपरेको थियो । वाराणसीमा राज्य
सरकार चलाइरहेको समाजवादी पार्टीले हिंसा
भड्काएको आरोपमा कांग्रेस विधायक अजय रायलाई
पक्राउ गरेको थियो ।
भारतीय सञ्चारमाध्यमका अनुसार समाजवादी
पार्टीको राज्य सरकारले प्रधानमन्त्री नरेन्द्र
मोदीको निर्देशनमा कांग्रेसका विधायक रायलाई
पक्राउ गरेको बताइएको छ । यता कांग्रेसका नेता
तथा पूर्व केन्द्रीय मंत्री श्रीप्रकाश जायसवालले
सत्ताधारी समाजवादी पार्टीले प्रधानमंत्री नरेन्द्र
मोदीलाई खुसी पार्न कांग्रेसका नेतालाई
फसाएको आरोप लगाए ।
जायसवालले केन्द्र र राज्य सरकार एउटै भएको बताउँदै
हिंसा भड्काएको आरोपमा पक्राउ गरिएका कांग्रेस
विधायक अजय रायलाई तत्काल रिहा नगरे
विधानसभा ठप्प पार्ने चेतावनी दिएका छन् ।
उनले समाजवादी पार्टीको सरकारले आफ्ना
नेताहरुलाई सीबीआईको छानविन दायराबाट
बचाउन र प्रधानमन्त्री खुसी पार्न कांग्रेसले नेतालाई
फसाइएको आरोप लगाएका हुन् । कांग्रेस भारतको
प्रमुख प्रतिपक्षी दल हो ।
0 comments:
Post a Comment