Home » » एमाओवादीले राष्ट्रपति पद नलिने

एमाओवादीले राष्ट्रपति पद नलिने

भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोस

काठमाडौं, २६ असोज । एमाओवादीले सभामुख र
उपराष्ट्रपति आफूले लिने गरी एमालेसँग सहमति भएको
जनाएको छ । यसका साथै उपप्रधान र गृहसहित
कम्तीमा ८ मन्त्रालय लिने सहमति भएको सचिव
वर्षमान पुनले जानकारी दिए ।
एमाओवादीबाट कृषिमन्त्रीका रुपमा हरिबोल
गजुरेलले सोमबारै सपथ लिइसकेको कान्तिपुर दैनिकले
छापेको छ ।
कृषि र गृहबाहेक एमाओवादीले अरु कुनकुन मन्त्रालय
पाउने भन्ने टुंगो भइसकेको छैन ।
प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओलीसँग
सत्ता समीकरणबारे छलफल गर्न अध्यक्ष पुष्पकमल
दाहाल सोमबार बालकोट पुगे पनि अन्य
मन्त्रालयबारे टुंगो लागिसकेको छैन । मन्त्रालयबारे
मंगलबार छलफल गरी टुंगो लगाउने सहमति भएको छ ।
सभामुखमा एमाओवादीले महासचिव कृष्णबहादुर
महरालाई अघि बढाउने स्रोतले बतायो । यसअघि
राष्ट्रपतिको दाबी गरिरहेको एमाओवादी सभामुख
र उपराष्ट्रपति लिन सहमत भएको हो ।
उपराष्ट्रपतिको उम्मेदवारबारे भने टुंगो लागिसकेको
छैन । ‘राष्ट्रपति को बन्छ, त्यसआधारमा
उपराष्ट्रपतिको टुंगो गरिनेछ । राष्ट्रपति पुरुष भए
उपराष्ट्रपतिमा महिला उम्मेदवार दिनुपर्यो ।
समावेशी पनि बनाउनुपर्यो, त्यसैले पछि तय गरिन्छ,’
एक शीर्ष नेताले भने ।

भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोस

Share this News :

0 comments:

Post a Comment

 
Support : Copyright © 2013. Aajako khabar - All Rights Reserved