Home » » भूकम्प अपडेटः तीन सय बढीको मृत्यु, पाकिस्तानमा मात्र २१४ मारिए (फोटो फिचर)

भूकम्प अपडेटः तीन सय बढीको मृत्यु, पाकिस्तानमा मात्र २१४ मारिए (फोटो फिचर)

भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोस


काठमाडौं, १० कात्तिक । अफगानिस्तानको
हिन्दकुस पर्वत इलाकामा केन्द्र विन्दु भई सोमबार
गएको ७.५ रिक्टर स्केटको भूकम्पमा परी ज्यान
गुमाउने व्यक्तिको सङ्ख्या तीन नाघेको छ ।
यस प्रकोपमा परी मारिएका व्यक्तिको मृतकको
सङ्ख्याका साथै क्षतिको विस्तृत विवरण भने अझै
पनि प्राप्त भई नसकेको बताइएको छ ।
पाकिस्तान र अफगानिस्तानको सीमा क्षेत्रमा
गएको यस भूकम्पमा परी पाकिस्तानका मात्र २१४
जना नागरिकको मृत्यु भएको जनाइएको छ । साथै
अन्य १ हजार ८०० भन्दाबढी व्यक्ति घाइते भएका
पाकिस्तानको प्रकोप व्यवस्थापन अधिकारीहरुले
जानकारी दिएका छन् ।
तर अफगान अधिकारीहरुले भने अफगानिस्तानतर्फ
यस भूकम्पमा परी ६३ मात्र व्यक्तिको मृत्यु हुनुको
साथै सयौँ व्यक्ति घाइते भएका बताएका छन् ।
अफगानिस्तानका ३४ वटा प्रान्तमध्ये करिब एक
दर्जन प्रान्तमा यो हताहतको सङ्ख्या प्राप्त
भएको बताइएको छ ।
प्रारम्भिक समाचार अनुसार यस भूकम्पबाट
अफगानस्तिानको बादखसान, तखार नानगार्हार
र कुनार प्रान्तमा ठूलो मात्रामा मानवीय र
भौतिक क्षति भएको जनाइएको छ ।
टेलिफोन लाइन र अन्य सञ्चारमाध्यको सम्पर्क
पनि विच्छेद भएको हुनाले अन्य विस्तृत विवरण भने
प्राप्त नभएको बताइएको छ । अमेरिकी भौगर्भिक
सर्वेक्षण संस्थाका अनुसार यो भूकम्प ७.५ रिक्टर
स्केलको मापन गरिएको छ ।
दुर्गम क्षेत्रमा रहेको उत्तरी तखार प्रान्तमा एक
बिद्यालय भवन भत्किँदा त्यहाँबाट भाग्न
खोजेका १६ बर्ष भन्दामुनिका करिब एक दर्जन
बालिकाको मृत्यु भएको जनाइएको छ ।
अफगानिस्तानमा यसअघि पनि सन् २००५ को
अक्टोबरमा यस्तै शक्तिशाली भूकम्प गएको थियो
। सो भूकम्पमा परी सात हजार ५०० नागरि
मारिएका थिए ।
साथै सो भूकम्पले गर्दा ३५ लाख नागरिक
घरबारबिहीन बनेका थिए । त्यसअघि यसै वर्षको मे
महिनामा नेपालमा पनि यस्तै शक्तिशाली भूकम्प
गएको थियो । त्यसमा परी आठ हजार ९००
मानिस मारिएका थिए । यसका कारण
पहिरोको प्रकोप पनि बढेको बताइएको थियो ।
रासस/एएफपी

भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोस

Share this News :

0 comments:

Post a Comment

 
Support : Copyright © 2013. Aajako khabar - All Rights Reserved