Home » » फिल्म खेल्न ‘शारीरिक सम्बन्ध’को प्रस्ताव आयो : रचना लामा

फिल्म खेल्न ‘शारीरिक सम्बन्ध’को प्रस्ताव आयो : रचना लामा

भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोस

पहिलो चलचित्र ‘तरंग’बाट
नेपाली रजतपटमा भित्रिदै गर्दा नव–कलाकार
रचना लामा उत्साहित छिन् । १२
कक्षामा अध्ययनरत यी नव–कलाकारको सपना छ,
स्टार बन्ने । स्टार बन्नका लागि उनीसँग अभिनय,
लुक्स र कला छ । अनलाइनखबरले प्रस्तुत गरेको ‘फ्रेस
फेस’का लागि कुरा गर्दै गर्दा रचना धेरै
बिषयमा अकमकाइन् । फिल्म नगरीमा लागेर नाम,
दाम सबै कमाउने ईच्छा छ उनमा । तर,
पहिलो गासमा ढुंगा भनेजस्तै, उनलाई एक निर्माताले
गरेको अनावश्यक प्रपोजले केही सशंकित बनाएको छ ।
रचना भन्छिन्–‘पहिलो चलचित्र गर्दा त
त्यस्तो केही भएन । तर, एक निर्माताले
चलचित्रमा नायिकाका लागि अफर गर्नुभयो । तर,
उहाँले अभिनयको अफरसँगै आफूसँग एक रात बस्न
भनेपछि चलचित्र नै गर्दिन भनेर हिडेँ ।’ चलचित्र
खेल्नका लागि ‘सेक्स’को अफर आएको बताउने रचनाले
हरेश भने अझै खाएकी छैनन् । उनी भन्छिन्–‘ सबै मानिस
एउटै हुन्छन् भन्ने पनि छैन नि । केही खराब भएपनि अरु
सही छन् भन्ने मलाई लाग्छ ।’ चलचित्र खेल्नु
भन्दा अगाडि उनले जे सोचेकी थिइन्, खेलेपछि पाइनन्
। चलचित्र नगरीमा लाग्ने कलाकार ‘सेलिब्रेटी’
जस्तो नभएको उनको वुझाई छ । रचना आफूलाई
सुहाउँदो भूमिका गर्न जहिले पनि तयार
रहेको बताउँछिन् ।–‘म यही नै भूमिका गर्छु भन्दिन ।
तर, ‘भल्गर’ नभएको सबै खालको फिल्म गर्छु ।
रचना आफूलाई अनमोल केसीसँग काम गर्न मन
लागेको बताउँछिन् । पहिलो चलचित्र खेल्दा आफूले
धेरै कुरा नवुझेको उनले बताइन् । तर, काम गरेपछि आफूले
धेरै कुरा वुझेको उनको भनाई छ । रचनामा आफूलाई
दर्शकले चाडै नै स्टारको रुपमा पाउने आत्मविश्वास छ

भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोस

Share this News :

0 comments:

Post a Comment

 
Support : Copyright © 2013. Aajako khabar - All Rights Reserved