Home » » समुद्रको निलो पानी रक्ताम्य भएपछि......

समुद्रको निलो पानी रक्ताम्य भएपछि......

भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोस

एजेन्सी।
उत्तरी एटलान्टीक महासागरका ह्वेलको सिकार
गर्ने चलन फारो द्वीपमा धेरै वर्षदेखि चलिआएको छ।
वर्षेनी हुने यो ह्वेलको क्रुर सिकार कार्यक्रममा
फारो द्वीपका सयौं मानिसहरु सामेल हुन्छन्।
‘पाइलट’ जातका यी ह्वेलहरु निकै क्रुर तरिकाले
मारिन्छन्। यो वर्षपनि सोही ठाँउमा ह्वेलको
सिकार गरियो। ह्वेलको रगतले समुन्द्री
किनाराका पानी पुरै रगताम्य देखिन्थ्यो।
मानिसहरु निर्दयी हुदै मासुको लागि छुरी र चक्कुले
ह्वेलको हत्या गरेर यो पर्व मनाए। ह्वलेको
सिकारको लागि त्यहाँ जो कोही पनि सहभागी
हुन पाउँछन् तर ह्वेल मार्नलै लागि विशेष तालिम नै
लिने मानिसहरु संङ्ख्या त्यहाँ बढ्दो छ।
ढुङ्गामा बसेर सिकारीहरुले ह्वेललाई घेर्छन् अनि
किनारा तर्फ लखेट्छन्। भाग्ने ठाँउ नपाएपछि ह्वेलहरु
किनारामै छटपटाउन थालेपछि धारिला हतियार
प्रयोग गरेर ती ह्वेल मारिन्छन्।
जनावरको अधिकारको बारेमा बोल्ने संघसस्था
विरोधमा उत्रेपनि त्यहाको सरकारले यो काम
रोक्ने गरेको छैन।
‘पाइलट’ जातिको ह्वेल दुर्लभ प्रजातिमा पर्दैन,
त्यसैले पनि यो सिकार गर्ने प्रचलनको ठुलो रुपमा
विरोध गर्ने संघसस्था त्यति सक्रिय छैनन।
यदि कोही यो कामको विरोधमात्र गर्छ भने पनि
ती मानिस पक्राउ नै पर्ने गरेका छन्।

भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोस

Share this News :

0 comments:

Post a Comment

 
Support : Copyright © 2013. Aajako khabar - All Rights Reserved