भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोस
प्युठान : सदरमुकाम नजिकै आज अपराह्न भएको बस
दुर्घटनामा मृत्यु हुनेको सङ्ख्या १० पुगेको छ ।
घटनास्थलमै छ र उपचारका लागि लैजाँदै गर्दा चार
जनाको मृत्यु भएको प्रहरी नायब उपरीक्षक तुलबहादुर
कार्कीले जानकारी दिए । एकजनाको शव
च्यापिएकाको अवस्थामा बसभित्रै रहे पनि
निकाल्न सकिएको छैन ।
मृतकमध्ये प्युठान नगरपालिका–१४ की माया केसी र
नगरपालिका–२ का सञ्जय सुनार, तोरवाङ
गाविसका नरेन्द्र जिसी, कपिलवस्तुका लङ्कबहादुर
रावत र दाङ गढवाकी सीता पण्डितको सनाखत
भएको जिल्ला प्रहरी कार्यालय प्युठानले जनाएको
छ ।
दुर्घटनामा चार पुरुष र दुई महिलाको मृत्यु भएको
प्रहरी जनाएको छ । घटनामा परी घाइते भएका २४
जनालाई उद्धार गरी स्वर्गद्वारी लाइफकेयर
अस्पताल बाग्दुला र जिल्ला अस्पताल बिजुवारमा
उपचारका लागि लगिएको छ ।
घाइते सबैको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको
छ । सदरमुकाम खलङ्गाबाट बाङ्गेफेदी जाँदै गरेको ना
३ ख ८३८३ नंको यात्रुबाहक बस सारीवाङको
घुम्तीबाट खोलामा खसेर दुर्घटना भएको थियो ।
0 comments:
Post a Comment