भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोस
काठमाडौं । प्रचण्डले गतवर्ष अध्यक्ष दिने प्रतिवद्धता
कार्यान्वयन गर्ने आशामा डाक्टर बाबुराम भट्टराई
अब पर्खेर बस्ने अवस्थामा छैनन् ।
आजको साँघु साप्ताहिकमा खबर छ चर्को दबाबबाट
प्रचण्डले अध्यक्ष दिइहाले भने एमाओवादीलाई नै नयाँ
नीतिमा ढाल्दै अगाडि जाने बाबुरामको पहिलो
प्राथमिकता रहेको स्रोतको दाबी छ ।
प्रचण्डले आगामी माघसम्ममा विशेष महाधिवेशन गरेर
नेतृत्व छाड्ने भने पनि त्यो सम्भावना कम हुँदै गएपछि
बाबुराम अब नपर्खने निष्कर्षमा पुगेको स्रोतले
जनाएको छ ।
बाबुराम निकट स्रोत भन्छ, यदि त्यसो नभएमा
तात्कालीन लक्ष्य र पार्टीको नाममा
विरोधाभास हुने शब्द राख्न नहुने उनको विचार छ ।
‘समाजवादमा जाने लक्ष्य लिने अनि नयाँ जनवादको
गन्ध आउने माओवादी कसरी राख्ने ?’ बाबुरामको
भनाई उद्यृत गर्दै स्रोतले भन्यो, ‘माओको
योगदानलाई समेट्ने तर, पार्टीकै नाममै राख्दा भ्रम
हुने भएकोले प्रारम्भमा नै त्यसलाई हटाएर जाँदा नै
राम्रो हुन्छ ।’
मध्यम वर्गलाई समेटेर अगाडिको यात्रा तय गर्नुपर्ने
बाबुरामलाई लागेको छ । चिन्तनगत रुपमा त्रुटी रहे
पनि मोहन वैद्यहरु इमान्दार रहेको बाबुरामलाई
लागेको छ ।
‘भावनाको कुरा गरेर किरणलाई रोइकराई गर्दै
पार्टीमा ल्याएर खाउँला भन्ने दाउ प्रचण्डको छ,
उनको राजनीति बचाउँने अन्तिम अस्त्र त्यहीमात्र छ,
भ्रष्ट, भद्दा कार्यशैली विचारविहीन प्रचण्डलाई
अगाडि लगाएर किरणजी जालान् भन्ने लाग्दैन,
त्यहाँभित्रका लोभीपापीलाई प्रचण्डले तान्न
सक्छन् । तर, त्यो क्षणिक हो ।’ बाबुरामको भनाई
उद्यृत गर्दै स्रोतले भन्यो ।
पछिल्लो समयमा बाबुरामले संवाद समितिको
सभापति पदलाई पनि नयाँ शक्ति निर्माणको बहस
गर्ने वैधानिक थलो बनाएका छन् ।
संविधानका विवादित विषयमा सुझाव लिने
नाममा उनले विभिन्न पार्टीमा असन्तुष्ट रहेका, फरक
मत राखिरहेका र समाजका सदावहार बागीहरुको
समूहलाई सिंहदरबार बोलाएर विचार लिने र आफू
निकट बनाउने प्रयास गरिहरको छन् ।
अहिलेका पार्टीबाट अपेक्षित विद्रोह हुने लक्षण
नदेखेपछि बाबुरामले विभिन्न समूहमा रहेका असन्तुष्ट
जमातलाई आफ्नो नयाँ शक्तिको आधार बनाउन
खोजेको चर्चा छ ।
0 comments:
Post a Comment