भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोस
अर्घाखाँची, २५ साउन । आज विहान गोरखा
केन्द्रविन्दु भएर गएको भूकम्पबाट अर्घाखाँचीमा एक
जनाको मृत्यु भएको छ । दुई जना घाइते भएका छन् ।
आज विहान अर्घाखाँचीको सन्धिखर्क–५मा भूकम्पले
चर्किएको रामप्रसाद खत्रीको घर भत्किँदा त्यही
घरमा बस्दै आएका प्युठान जिल्ला अर्खा गाविस २
का प्रशान्त थापाको छोरा ९ बर्षिय तिलक
थापाको मृत्यु भएको प्रहरीले जनाएको छ ।
घर भत्किँदा मृतक तिलककी आमा र ६ बर्षिय भाइ
घाइते भएको जिल्ला प्रहरी कार्यालय
अर्घाखाँचीका प्रहरी निरीक्षक युबराज
तिमिल्सिनाले बताए । उनीहरुको जिल्ला अस्पताल
सन्धिखर्कमा उपचार भैरहेको छ ।
आज विहानै आएको ४.९ रेक्टर स्केलको भूकम्पले
हल्लाउँदा चर्किएको घर भत्किएको थियो । प्युठान
घर भएका प्रशान्तको परिवार मजदुरीको
सिलसिलामा अर्घाखाँचीमा बस्दै आएका थिए ।
0 comments:
Post a Comment