भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोस
काठमाडौं, २१ भदौ । संयुक्त लोकतान्त्रिक
मधेसी मोर्चाले गरिरहेको आन्दोलनको
रहस्यको खुलासा भएको छ ।
मोर्चाका कमाण्डर उपेन्द्र यादव, राजेन्द्र
महतो, महन्थ ठाकुर र महेन्द्र यादवले आन्दोलनका
नाममा मधेसको ठेक्का लिएर जसरी पनि
मधेसीमाथि शासन गर्ने र जमिन्दार बन्ने
दाउमा रहेको खुलासा भएको हो।
नवलपरासीमा पत्रकार सम्मेलन गर्दै नेकपा
(माओवादी)का संयोजक मातृका यादवले
यस्तो खुलासा गरेका हुन् । उनले
भने-‘आन्दोलनको ठेक्का लिएर उपेन्द्र, राजेन्द्र,
महन्थ र महेन्द्र यादव मधेसको राजा बन्न
खोज्दैछन्, मधेसीमाथि शासन गर्ने तथा
जमिन्दार बन्ने उनीहरुको मुख्य उद्देश्य हो तर,
त्यो कुनै हालतमा पूरा हुँदैन् ।’
पूर्वमन्त्रीसमेत रहेका यादवले नेताहरुलाई मधेस
चाहिएपनि मधेसी नचाहिएको हुँदा अब देश
बिखण्डनतर्फ उन्मुख हुँदै गएको बताए । सुशील
कोइराला, केपी ओली र प्रचण्ड नयाँ राजाको
अवतार भएको उनको आरोप छ ।
0 comments:
Post a Comment