Home » » तनावग्रस्त जिल्लाका न्यायाधीश र कर्मचारी गरी सय जना डरले राजधानीमा

तनावग्रस्त जिल्लाका न्यायाधीश र कर्मचारी गरी सय जना डरले राजधानीमा

भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोस

    न्यायाधीशलाई कार्यस्थल या पुनरावेदनमा फर्कन निर्देशन

भाद्र २२, २०७२- तराईमा बन्द, हडताल र तनाव बढदै गएपछि ती जिल्लाका न्यायाधीश तथा कर्मचारी धमाधम राजधानी आउने क्रम बढेपछि प्रधानन्यायाधीश कल्याण श्रेष्ठले उनीहरूलाई नजिकको पुनरावेदन अदालतमा सम्पर्क गर्न निर्देशन दिएका छन् ।
श्रेष्ठले काठमाडौंमा न्यायाधीश राख्ने ‘डम्पिङ साइट’ नभएको भन्दै उनीहरू सबैलाई सम्बन्धित पुनरावेदन अदालतमा सम्पर्क गर्न निर्देशन दिएको जानकारी सर्वोच्च अदालतका रजिस्ट्रार श्रीकान्त पौडेलले दिए ।
पौडेलले सोमबार राजधानी आएका सबै न्यायाधीशलाई प्रधानन्यायाधीशले आ–आफ्नो कार्यस्थल जिल्ला अदालत जान र जानै नसक्ने भएमा सम्बन्धित पुनरावेदन अदालतमा सम्पर्क गर्न निर्देशन दिएको बताए ।
पौडेलका अनुसार तराईका धनुषा, रौतहट र महोत्तरी जिल्लाका १२ न्यायाधीश सबभन्दा पहिला राजधानीमा आएका थिए । त्यसपछि तराईका अन्य जिल्लाका न्यायाधीश र कर्मचारी पनि धमाधम राजधानी आइरहेका छन् । न्यायाधीश तथा कर्मचारी गरी झण्डै १०० भन्दा बढी राजधानीमा नै रहने गरी आउन लागेपछि उनीहरुलाई व्यवस्थापन गर्न असजिलो हुने भएकाले सबैलाई बाहिर जान निर्देशन दिइएको हो ।

भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोस

Share this News :

0 comments:

Post a Comment

 
Support : Copyright © 2013. Aajako khabar - All Rights Reserved