Home » , » एनसेल लगानीकर्ता टेलियासोनेरा बाहिरिदै....

एनसेल लगानीकर्ता टेलियासोनेरा बाहिरिदै....

भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोस

भाद्र ३१, २०७२- निजी क्षेत्रको पहिलो मोबाइल
सेवा प्रदायक कम्पनी एनसेलको सबैभन्दा
ठूलो लगानीकर्ता तेलियासोनरा
नेपालबाट बाहिरिने भएको छ । स्वीडेन
र फिनल्याण्डको संयूक्त कम्पनी
तेलियासोनारा आफैले वेबसाइटमा
विज्ञप्ति राख्दै नेपाल लगायतका सात
देशमा भएको लगानी फिर्ता गर्ने
घोषणा गरेको हो ।
नेपाली बजारमा ५६ प्रतिशत हिस्सा
भएको र बाषिर्क १० अर्बभन्दा बढि
लाभांश नै वितरण गर्ने क्षमता राख्ने
कम्पनी एकाएक बाहिरिने निर्णय गर्नु
अर्थपुर्ण मानिएको छ । कम्पनीको
विज्ञप्ति अनुसार युरोपमै र अन्य
सेवामा लाग्नुपर्ने भएकाले बाहिरिने
निर्णय गरेको उल्लेख छ ।
टेलियासोनाराले सेवा झिक्ने तयारी
गरेका अन्य देश सबै पुर्व सोभियत
युनियनबाट टुक्रिएका मुलुक हुन ।
टेलियासोनेराले सन् २००८ को
अक्टोबरदेखि नेपालको दुरसन्चार
सेवामा लगानी थालेको हो । एनसेलमा
उ मातहतको कम्पनी (होल्डिग कम्पनी)
मार्फत ८० प्रतिशत लगानी गरिएको छ
। यसमा २० प्रतिशत साझेदार भने गैर
आवासिय नेपाली निरज गोविन्द श्रेष्ठ
छन । श्रेष्ठ बेलारुसमा व्यवसायरत छन ।
श्रेष्ठ अघि गैर आवासिय नेपाली संघका
संस्थापक अध्यक्ष उपेन्द्र महतो नेपाली
साझेदार थिए । तेलिया सोनारालाई
नेपाल ल्याउन उनले पनि पहल गरेका थिए
। टेलिया सोनाराले भने विहिबार
एकाएक विज्ञप्ति मार्फत कम्पनीले
नेपालमात्र नभई युरेसिया क्षेत्रमै आफ्नो
उपस्थिति घटाउदै जाने नीति लिएको
जनाएको छ ।
हालसम्म टेलियासोनेरा नर्दिक र
बाल्टिक देशसहित युरेसिया र
स्पेनलगायतका मुलुकहरुको ४६ करोड
जनसंख्यालाई दुरसन्चार सेवा दिइरहेको
छ । एनसेल ब्राण्ड टेलियासोनेरा
कम्पनीहरूको समान ब्राण्ड छविअन्तर्गत
ल्याइएको हो ।
टेलियासोनेराको बोर्ड बैठकले
युरोएशिया मुलुकबाट लगानी झिक्ने
निर्णयपछि कम्पनीले बिहिबार
वेभसाइट मार्फत कम्पनीले युरोप क्षेत्र र
स्विडेनमा बढी केन्दि्रत भई काम गर्ने
भएकाले युरेसियामा उपस्थिती घटाउदै
जाने र केही समयपछि पुरै छोड्ने उल्लेख
गरेको छ । कम्पनीले विहिबार आफ्नो
योजना सार्वजनिक गर्दै नेपालसंगै
काजाकस्तान, उज्बेकिस्तान, अजबैजान,
जोर्जिया, माल्दोभा र
ताजकिस्तानबाट पनि बाहिरिने
जनाएको छ ।
'कम्पनीले एनसेल छोड्ने जानकारी भर्खरै
मात्र सार्वजनिक गर्यो,' एनसेलका
प्रमुख कार्यकारी एरिम टाइलनलारले
भने 'टेलियासोनेरा बाहिरिएपनि
एनसेेल आफ्नो ग्राहकलाई गुणस्तरिय
सेवा दिनेमा अझै बढी केन्दि्रत हुनेछ ।'
ग्राहकका लागि ल्याइने नयां
योजनाहरु पनि सोही अनुसार नियमित
कार्यान्वयन हुने उनले बताए ।
यसअघि भने एनसेललाई पब्लिक कम्पनीमा
परिवर्तन गर्न टेलियासोनेराले प्रयास
गरिरहेकेा थियो । कम्पनीले २०१३ देखि
युरोप र एसियाका देशहरुमा बढी
केन्दि्रत भई काम गरिरहेको थियो । 'दुई
वर्षमा युरोसिया क्षेत्रमा महत्वपुर्ण
योगदान दिएका छौ,'
टेलियासोनेराका प्रमुख कार्यकारी
जोहन डेनलिन्डले वेभसाइटमार्फत भनेका
छन् 'आउने साझेदारले पनि सफलताका
साथ सेवा प्रदान गर्न सक्नेछन् भन्ने
विश्वास छ ।'
युरेसियाका मुलुकमा संलग्न हुदां नाफा
र दिगोपना हुने अपेक्षा कम्पनी को
थियो । 'तर प्रत्येक देशका लागि
बजारीकरण गर्न र सेवा सन्चालनका
लागि फरक वातावरण भएकाले त्यसमा
समय लाग्ने देखियो,' डेनलिन्डले भनेका
छन् 'त्यसकारण यो भन्दा बढी नाफा
हुने क्षेत्रलाई चयन गरी युरोसिया छोड्ने
निर्णय गरियो ।' उनले नयां स्थानमा
नयां र व्यवस्थित कम्पनी पूनः स्थापित
गर्न सक्ने भएकाले सही बजारको छनौट
गर्न लागिएको बताएका छन् ।
कम्पनीले आफ्नो पहुंचलाई
प्राथमिकतामा राखी युरोपमा
बलियो रुपमा भित्रिने तयारी गरेको
छ । 'नेपाल लगायत युरोसियाका सबै
मुलुकबाट बाहिरिनका लागि आवश्यक
प्रक्रिया शुरु भइसकेको छ,' वेभसाइटमा
राखिएको विज्ञप्तीमा छ ।
टेलियासोनेरा संलग्न रहेको एनसेलको
अहिलेको दुरसन्चार बजार हिस्सा ५६
प्रतिशत रहेको नेपाल दुरसन्चार
प्राधिकरणको तथ्यांक छ । कम्पनीले १
करोड १९ लाख ७० हजार ६ सय भन्दा
बढी नेपालीलाई सेवा प्रदान गरिरहेको
छ । कम्पनीले सन् २०१४ मा अघिल्लो
वर्षको तुलनामा १७ प्रतिशत आम्दानी
बृद्धि गरेको थियो ।

भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोस

Share this News :

0 comments:

Post a Comment

 
Support : Copyright © 2013. Aajako khabar - All Rights Reserved