Home » » भाेली विश्वकर्मा पूजा मनाइदै...

भाेली विश्वकर्मा पूजा मनाइदै...

भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोस


काठमाडौँ, ३१ भदौ । दैवी वास्तुविद् विश्वकर्मा पूजा
मङ्गलबार मनाइँदै छ । नेपालमा प्रत्येक वर्षको आश्विन सङ्क्रान्ति (असोज १ गते) विश्वकर्माको
पूजाका साथ आफ्ना सवारी साधन, कलकारखानामा
प्रयोग गरिने धातुजन्य उपकरण, औजार
आदिको पूजा गरिँदै आएको छ । समुद्रमन्थनबाट
निस्किएको मानिएका विश्वकर्माले नै कृष्णको
द्वारका, पाण्डवको मयसभा र देवताका हातहतियार
बनाएको मानिन्छ ।
नयाँ सवारीसाधन किन्नेले विभिन्न शक्तिपीठमा
गई आफ्नो सवारी साधन पूजा गर्ने भएकाले मङ्गलबार
काठमाडौँका भद्रकाली, दक्षिणकालीलगायत
मन्दिरमा दर्शनार्थीको अत्याधिक भिड लाग्छ ।
विवाह, यज्ञ, गृहप्रवेश आदि कार्यमा पनि
विश्वकर्माको पूजाआराधना गर्ने प्रचलन छ ।
बडादसैँको नवमीमा पनि उनको पूजा गरिन्छ ।
नेपालमा आजै विज्ञान तथा प्रविधि दिवस पनि
मनाइन्छ । नेपालमा असोज सङ्क्रान्तिदेखि नै शरद् ऋतु
प्रारम्भ भएको मानिन्छ ।

भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोस

Share this News :

0 comments:

Post a Comment

 
Support : Copyright © 2013. Aajako khabar - All Rights Reserved