भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोस
मधेस आन्दोलनका उचित माग सम्वोधन हुने
३१ भदौ, काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी
शर्मा ओलीले मधेस आन्दोलनका उचित मागहरु सम्वोधन
हुने बताएका छन् । तर अनुचित र देशलाई अहित हुने माग
सम्वोधन नहुने उनले स्पष्ट पारे ।
नयाँ संविधान जारी भएको खुसियालीमा
विहीबार एमाले संसदीय दलको कार्यालय
सिंहदरवारमा आयोजित चियापान कार्यक्रममा
ओलीले हिंसालाई स्थान छैन भन्ने कुरा जनताले
बुझेको भन्दै नयाँ संविधानलाई सबैले आत्मसाथ गर्ने
बताए ।
फोरम लोकतान्त्रिकका अध्यक्ष विजयकुमार
गच्छदारलाई संविधान जारी गर्ने बेलासम्म
सहमतिमा ल्याउनु हुन्छ ? भन्ने अनलाइनखबरको
जिज्ञासामा ओलीले भने, ‘तपाईंको प्रश्नबाट
प्रश्नबाचक चिन्ह हटाउनुस् । कुरो बुझ्नुस् ।’
शीर्ष नेताको बैठक बालुवाटारमा
गच्छदारलाई सहमतिमा ल्याउन प्रमुख दलका नेताहरुले
छुट्टा छुट्टै छलफल गर्दै आएका छन् । विहीबार
विहानैदेखि पनि छलफल जारी छ । छुट्टा छुट्टै छलफल
पछि प्रधानमन्त्री निवास बालुवाटारमा प्रमुख
दलका शीर्ष नेताहरुको बैठक जारी छ ।
ओलीलाई विहीबार बिभिन्न देशका राजदूतहरुले समेत
भेटेका छन् । सो भेटबारे सोधिएको एक प्रश्नमा
ओलीले भने, ‘कुनै व्यक्तिको कुरातर्फ म जान्न छिमेकी
र सबै अन्तराष्ट्रिय समुदायले संविधान पारित
भएकोमा खुसीका साथ स्वागत गरेका छन् र बधाइ
दिएका छन् ।’
0 comments:
Post a Comment