भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोस
विराटनगर, सुनसरी, भदौ २१ । मधेसी जनअधिकार
फोरम लोकतान्त्रिकका अध्यक्ष विजयकुमार
गच्छदारले अझै पनि सहमतिको सम्भावना रहेको भन्दै
आन्दोलनरत पक्षलाई समेटेर संविधान जारी गर्नुपर्ने
बताएका छन् ।
विराटनगर विमानस्थलमा सोमबार सन्चारकर्मीसँग
कुरा गर्दै उनले मुलुकलाई थप द्धन्द्धबाट जोगाउन आफू
अन्तिम समयसम्म लागिरहने बताए ।
प्रदेश सीमांकनको विवादलाई प्रमुख तीन दलले
सम्बोधन गर्ने वातावरण तयार गर्नुपर्ने गच्छदारको
भनाइ थियो ।
सोमबारै सुनसरीको इटहरीमा थारु संर्घष समितले
आयोजना गरेको आमसभामा बोल्दै गच्छदारले ८ ओटा
प्रदेश बनाउन तयार भए एकैछिनमा कुरा मिल्ने बताए ।
१६ बुँदे सहमतिविपरित ६ प्रदेशको खाका सार्वजनिक
गरेका कारण देशमा आन्दोलन सुरु भएको भन्दै उनले तीन
दल तयार भएमा विभिन्न पक्षका मागहरुको सम्बोधन
गर्न सकिने बताए ।
0 comments:
Post a Comment